आज राष्ट्रिय धान दिवस मनाईदै, मधेसमा सुख्खासुख्खी
न्यूज ब्यूरो | मधेस, १५ असार । सिँगो नेपाललाई थेग्दै आएका नेपालको तराई मधेसको भूमि यति बेला आकाशे पानीको भरमा सुख्खासुख्खी भएको छ । प्रत्येक वर्ष असार १५ का दिन मनाईने राष्ट्रिय धान दिवस अन्य ठाउँहरुमा उल्लासका साथ मनाइरहदा कृषिको भूमि र धानको भूमि भनेर चिनिने तराई मधेसमा भने धान दिवसको कुनै उल्लास

२०७५ असार १५ शुक्रबार, बिहान ७:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
मधेस, १५ असार । सिँगो नेपाललाई थेग्दै आएका नेपालको तराई मधेसको भूमि यति बेला आकाशे पानीको भरमा सुख्खासुख्खी भएको छ ।
प्रत्येक वर्ष असार १५ का दिन मनाईने राष्ट्रिय धान दिवस अन्य ठाउँहरुमा उल्लासका साथ मनाइरहदा कृषिको भूमि र धानको भूमि भनेर चिनिने तराई मधेसमा भने धान दिवसको कुनै उल्लास देखिएको छैन ।
आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका तराई मधेसका किसानहरु धान दिवसको कुनै सुको पाएका छैनन् भने उनीहरु आफ्नो कर्ममा विश्वास राखेर खेतीपाती गरिन्छ ।
आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।
आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
आज १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।
धान दिवसको अवसरमा नेपालको विभिन्न ठाउँमा विशेष रोपार्इं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।
तराई मधेसका किसानहरु खेतीपातीमै लिन भएका हुन्छन् भने उनीहरुले धानको लागि कुनै दिन वा अवसरलाई मान्यता नदिई आफ्नो कर्म र मिहिनेत उपर विश्वास गरेर खेतीपाती गर्दै आएको छ ।
तराई मधेसमा उब्जाएको अन्न सिँगो नेपाल धान्न सक्ने क्षमता बोकेको छ । तरपनि नेपाल सरकारले कृषि आधुनिकीकरणको लागि भने तराई मधेसमा कुनै विशेष वा ठोस व्यवस्था नगर्दा किसानहरु आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…