
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका सतारुढ दल जनमत पार्टीका साँसद सँजय यादवले प्रतिपक्ष दल जसपाका साँसदहरुलाई मुखैभरिको जवाफ दिएका छन् ।
शुक्रबार प्रदे्शसभामा बोल्दै सँसद यादवले वर्तमान सरकारको सात महिनाको कामको विश्लेषण गरी सात वर्षको बेतिथि ढाकछोप चाहेको बताए । उनले जनमत नेतृत्वको सरकार ७ महिनामै विगत ७ बर्षको बेतिथिहरु ढाकछोप गर्न नमिल्ने बताए ।
जनमत नेतृत्वको सरकारले सात महिनामा विकासको काम पनि अगाडी बढाउन नसकेको विषयमा विगत तीन दिनदेखि प्रदेशसभा बैठकमा बहस भइरहेको छ ।
सो सन्दर्भमा आजको प्रदेशसभा बैठकमा बोल्दै यादवले भने( विगतका सात वर्षको सरकारको बेथिति कहानी सबैलाई थाहा छ । त्यसैले चुनावमा फरक परिणाम आयो । फेरी पनि ०८४ को चुनाव आउँदैछ । कामको मुल्यांकन जनताले अवश्य गर्नेछ ।’
प्रतिपक्षी दलका साँसदहरुले रोजगारीको एजेण्डा जनमत पार्टीको हो तर जनमतकै सरकारले के गर्यो भन्ने प्रश्न मुख्यमन्त्रीसँग तेर्साएका छन् । त्यस विषयमा साँसद यादवले रोजगारीको एजेण्डा मात्र जनमतको हो भने सबै दलले आफ्नो एजेण्डा रोजगारी दिने नभएको भनेर स्वीकार्न चुनौती दिए ।
उनले बजेट खरिद विक्रीको जुन बेथिति छ, त्यसलाई रोक्न खुल्ला प्रतिस्पर्धा टेण्डरबाट काम गराउने निर्णय भएको बताए । उनले अर्थ बेगरको बहस रोकेर प्रदेशलाई समृद्ध बनाउने विषयमा केन्द्रित हुन आग्रह समेत गरे ।
जनमत पार्टीका साँसदहरुले प्रतिपक्षी दलका साँसदहरुलाई मुखैमुख जवाफ फर्काएपछि केही बेर उनीहरु चुप लागेका थिए ।
भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला
- २०८१ पौष २६ शुक्रबार
- न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है। जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन
पूरा पढ्नुहोस्