अन्तत : जलेश्वर नगरपालिकाका ईन्जिनीयर कारवाहीको दायरमा, जिप्रकाले थाले कारवाही प्रक्रिया सुरु
रंजन भण्डारी | महोत्तरी,१४ असार । जलेश्वर नगरपालिका कार्यालयमा कार्यरत ई. माघवेन्द्र चौधरी उपर कार्यवाही प्रकृया अगाडी वढाउने महोत्तरीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले बताएका छन । जिल्ला प्रसासन कार्यालय महोत्तरीले २४ घन्टे पत्र पठाएपनि हालसम्म समेत उहा काज सरुवा गरिएको स्थानमा हाजिर नभएपछि

२०७५ असार १४ बिहीबार, बेलुकी ५:०९ बजे२ मिनेट पढाइ

रंजन भण्डारी |
महोत्तरी,१४ असार । जलेश्वर नगरपालिका कार्यालयमा कार्यरत ई. माघवेन्द्र चौधरी उपर कार्यवाही प्रकृया अगाडी वढाउने महोत्तरीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले बताएका छन ।
जिल्ला प्रसासन कार्यालय महोत्तरीले २४ घन्टे पत्र पठाएपनि हालसम्म समेत उहा काज सरुवा गरिएको स्थानमा हाजिर नभएपछि उहामाथी कार्यवाही प्रकृया सुरु भएको प्रजिअ श्रेष्ठले बताए ।
जेष्ठ २७ गते नै संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले चलानी नं. ६५१२ लेखिएको पत्र मार्फत ई. चौधरीको काज सरुवा सवैला नगरपालिका धनुषामा गरिसकेको भएपनि उनी सवैला नगरपालिकामा हाजिरी नहुदा गृह मन्त्रालयले पुन जिल्ला प्रसासन कार्यालयलाई २४ घन्टा भित्र काज सरुवा भएकाहरुलाई रमाना दिई सम्बन्धित स्थानमा पठाउन ताकेदा गरेको थियो ।
सो पछि जिल्ला प्रसासन कार्यालय महोत्तरीले चलानी नं. ८३५९ पत्र जेष्ठ ३० गते ई. चौधरीलाई पठाएपनि उहा अझै सम्बन्धित कार्यालयमा हाजिरी हुन नगएकोले उहालाई कानुन वमोजिम कार्यवाही हुने प्रजिअ श्रेष्ठले बताए ।
ई. चौधरीको सरुवा भएर पनि उनी सरुवा गरिएको स्थानमा नगएको र जलेश्वर नगरपालिकामा विभिन्न नकारात्मक गतिविधी गरिरहेकोले तत्काल उहालाई पठाउन जलेश्वर नगरपालिकामा रहेको १२ वडा मध्ये सात वडाका अध्यक्षहरुले मंगलवार जलेश्वर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि ई.चौधरीले गरेको भ्रष्टाचारको छानविन हुनु पर्ने र उनलाई तत्काल सम्बन्धित सरुवा भएको स्थानमा पठाउनु पर्ने लगायतका ८ बुंदे मांग सहित पत्रकार सम्मेलन समेत गरेको थियो ।
पत्रकार सम्मेलन गर्ने वडा अध्यक्षहरुमा वडा नं. १ का वडाअध्यक्ष अनिल झा,वडा नं. २ का वडाअध्यक्ष वरुण दाहाल,वडा नं. ६ का वडाअध्यक्ष रविन्द्र साह,वडा नं. ७ का वडाअध्यक्ष राम छविला यादव,वडा नं. ८ का वडाअध्यक्ष विजय सिंह,वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र यादव र वडा नं. १० का वडाअध्यक्ष विकाउ दास रहेका छन ।
उनीहरुले तत्कालै आफ्नो मांग सम्बोधन नगरिए आईतवार देखि रिले अनशन र सो पछि थप कडा आन्दोलनका कार्यक्रमहरु ल्याउने वताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…