जनकपुर जेसिज वर्ष २०२५ को अध्यक्षमा साह निर्वाचित, उपाध्यक्षमा ठाकुरसहितको प्यानल

२०८१ पौष २१ आइतबार
बिहान ०८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुर जेसीजको ४२औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जेसीजको अध्यक्षमा मुकेशकुमार साह निर्वाचित भएका छन् ।

शनिबार साँझ भएको निर्वाचनमा साह १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उपेन्द्र कुमार साहले ५० मत ल्याए । कार्यकारिणी उपाध्यक्षमा ओमप्रकाश साह र मनोहर ठाकुर निर्वाचित भएका छन् ।

बर्ष २०२५ को लागि शनिबार भएको निर्वाचनबाट उपाध्यक्षको लागि सुबोध कुमार ठाकुर निर्वाचित भएका छन् । उनीसँगै अन्य उपाध्यक्षहरुमा राजेश ठाकुर, रामसोगारथ साह र अमरेन्द्र साह निर्वाचित भएका हुन् । 

नवनिर्वाचित अध्यक्षले महासचिव र कोषाध्यक्ष चयन गर्नेछन् । कुल १८१ मत खसेको जनकपुर जेसीजको निर्वाचनमा ४ वटा मत बदर भएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चिनियाँ नागरिकलाई अपहरण गर्ने तीन भारतीय पक्राउ

  • २०८१ पौष २१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  काठमाण्डौको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका

पूरा पढ्नुहोस्

Bureau Menus