मधेश र मधेशीको लागि जसपाको विकल्प छैनः यादव
उनले सो अवसरमा नेपालको इतिहास सुनाउँदै नेपालको एकीकरणदेखि आधुनिक नेपाल कसरी भयो भन्ने कुरा पनि नेता कार्यकर्तालाई स्मरण गराउनुभयो। जसपा नेपालको संगठनलाई सुदृढ र बलियो बनाउन माथिल्लो तहका नेतादेखि वडास्तरका नेतासम्मले दिनरात काम गर्न अध्यक्ष यादवले निर्देशन दिए।

२०८१ पुस १८ बिहीबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपालगँज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताएका छन।
जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्रै रहेको कुरा उपनिर्वाचनमा प्रमाणित भएको दाबी गरे।
उनले आफ्नो नेतृत्वमा मधेश आन्दोलन भएको स्मरण गराउँदै अहिले जसले जे भने पनि र जे गरे पनि मधेशीको हितैषी आफू र आफ्नो दल भएको प्रष्ट पारे।
जिल्लाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सो कार्यक्रममा प्रशिक्षण दिदैँ अध्यक्ष यादवले पार्टी स्थापनाको उद्देश्य, पार्टीको अहिलेको अवस्था, अन्य राजनीतिक दलसँगको सम्बन्ध, मधेशी अन्य दलसँगको सहकार्य लगायतका विषयमा लामो समयसम्म भाषण ठोके ।
उनले सो अवसरमा नेपालको इतिहास सुनाउँदै नेपालको एकीकरणदेखि आधुनिक नेपाल कसरी भयो भन्ने कुरा पनि नेता कार्यकर्तालाई स्मरण गराउनुभयो। जसपा नेपालको संगठनलाई सुदृढ र बलियो बनाउन माथिल्लो तहका नेतादेखि वडास्तरका नेतासम्मले दिनरात काम गर्न अध्यक्ष यादवले निर्देशन दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…