हुलाकी सडक निर्माणको लागि कसरतमा अरगरिया, टेरेन ठेकेदार
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । संघीय समाजवादी फोरम नेपालका प्रमुख दलका सचेत एवम् केन्द्रीय सदस्य समेत रहेका नेता उमा शँकर अरगरियाले हुलाकी सडक निर्माणको लागि निरन्तर आवाज उठाउँदै आएको छ । संघीय भवनमा समेत हुलाकी सडक निर्माणको बारेमा निरन्तर आवाज उठाउँदै आएका नेता अरगरियाको आवाजलाई भने हुलाकी सड

२०७५ असार १२ मंगलबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १२ असार । संघीय समाजवादी फोरम नेपालका प्रमुख दलका सचेत एवम् केन्द्रीय सदस्य समेत रहेका नेता उमा शँकर अरगरियाले हुलाकी सडक निर्माणको लागि निरन्तर आवाज उठाउँदै आएको छ ।
संघीय भवनमा समेत हुलाकी सडक निर्माणको बारेमा निरन्तर आवाज उठाउँदै आएका नेता अरगरियाको आवाजलाई भने हुलाकी सडक निर्माणका जिम्मा लिएका ठेकेदारले नजरअन्दाज गर्दै आएको छ ।
केही महिनाअघि मात्र अरगरियाले असार मसान्तभित्रै हुलाकी सडककको जिर्णोद्धार हुने भनिएपनि बर्षायाम आएपनि २० प्रतिशत कार्य समेत हुन सकेको छैन ।
बर्षायाम सुरु भएलगत्तै ठप्प हुने जनकपुर देखि कमला नदीसम्मको हुलाकी सडक निमाणमा ठेकेदारको अनियमितता र लापरवाहीले गर्दा सडक बन्द हुने अवस्थाबाट गुज्रिरहेको देखिएको छ ।
पूर्वी धनुषाका सर्वसाधारणहरुलाई सदरमुकासम्म जोडने हुलाकी मार्ग एवम् शहिदमार्गमा समेत ठेकेदारले लापरवाही गरेको भन्दै अरगरियाले सदनमै आवाज उठाएका छन् ।
असार मसान्त आधा भइसकेपनि अहिलेसम्म सडक निर्माणले पूर्णता पाउन नसकेको प्रति खेद प्रकट गर्दै सरकारलाई उक्त दुवै मार्ग निर्माणको लागि आवाज उठाएका हुन् ।
यसअघि अरगरियाले असार मसान्त सम्म जसरी पनि यातायाता सुचारु गर्नुपर्ने भन्दै हुलाकी सडक सुधारको लागि हुलाकी राजमार्ग आयोजना पुगेर ध्यानाकर्षण गराएपनि अरगरियालाई टेरेका भने छैनन् ।
यसका साथै, अरगरियाले धनुषाको कमला नदि किनारमा रहेको सर्वसाधारणको बालाीनाली नष्ट पार्ने निल गाई, जँगली सुँगुर, स्याल व्यवस्थापनको लागि सरकारले दीर्घकालिन उपाय सोच्नुपर्ने मनतव्य राखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…