धनुषाको दिगम्बरपुरमा निःशुल्क स्वास्थ्य शिविर, सयौँ लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरको लागि जनकपुरधाम प्रादेशिक अस्पतालका अर्थो डाक्टर रवि श्रीवास्तव, रेयुकाई आँखा अस्पताल ढल्केवरका आँखा सम्बन्धी डा. उमेश यादव, दाँत चिकित्सक डा. सुरेन्द्र महतो लगायतको चिकित्सकहरुको टिमले सहयोग गरेको आयोजक सँस्थाका अध्यक्ष राजिन्द्र प्रसाद सिँहले जानकारी दिए ।

२०८१ मंसिर २९ शनिबार, राति ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बरपुरस्थित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानीय समुदायिक विकास युवा समाज नामक समाजिक सँस्थाको पहलमा चिकित्सकहरुको टिमद्धारा सो वडावासीको लागि विभिन्न रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
शनिबार सो वडास्थित भएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा हाडजोर्नी तथा नसा रोग, दाँत चेकजाँच, कान चेकजाँच र आँखा चेकजाँच गरिएको जनाइएको छ । सो क्रममा हाडजोर्नी तथा नसा रोग ५० जना, दाँतको लागि ३६ जना, कानको लागि ४० जना र आँखाको लागि ७० जनालाई चेकजाँच गरिएको छ । जसमध्ये १६ जनामा मोतियाविन्दु भेटिएको हो ।
उनीहरुलाई रेयुकाई आँखा अस्पताल ढल्केवरमा निःशुल्क शल्यक्रिया गरिने आयोजक तर्फबाट सल्लाहकार रामसिठ महतोले जानकारी दिए ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव र वडा नंं. ८ का वडाध्यक्ष मोदकुमार महतोको विशेष उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर सँचालन गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरको लागि जनकपुरधाम प्रादेशिक अस्पतालका अर्थो डाक्टर रवि श्रीवास्तव, रेयुकाई आँखा अस्पताल ढल्केवरका आँखा सम्बन्धी डा. उमेश यादव, दाँत चिकित्सक डा. सुरेन्द्र महतो लगायतको चिकित्सकहरुको टिमले सहयोग गरेको आयोजक सँस्थाका अध्यक्ष राजिन्द्र प्रसाद सिँहले जानकारी दिए ।
शिविरको क्रममा सिँहले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको सुनाए । उनले गत बर्ष समेत वडावासीको सहायतको लागि निःशुल्क स्वास्थ्य शिविर गरेको सम्झे । उनले वडाको सयौँ व्यक्तिहरुलाई बिना एक रुपैयाँ लिएर चेकजाँच तथा उपचार गरिरहेको बताए ।
अध्यक्ष सिँहले यस्ता समाजिक कार्यको लागि यहाँका जनप्रतिनीधिहरु समेत सहायता गर्ने गरेको बताए । उनले भौतिक रुपमा यहाँका जनप्रतिनीधिहरुको उपस्थिति र समन्वयले पुनः अर्को शिविरको लागि बल पुगेको बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…