सिरहाः रेडियो मुस्कानका सँचालक सितल झा ठगी मुद्दामा फरार, प्रहरी खोज्दै
झालाई चेक बाउन्सको मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी अझै फरार रहेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० बस्ने लक्ष्मण झाको छोरा सितल झालाई चेक बाउन्स मुद्दामा ठग ठहर भएपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०८१ मंसिर २७ बिहीबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

सबिन यादव, सिरहा । सिरहाका पत्रकार सितल झा ठगी मुद्दामा फरार भएका छन् । चेक बाउन्स मुद्दामा अदालतबाट दोषी साबित भईसकेका आफूलाई पत्रकार भन्दै आएका सितल झा महिनौदेखि फरार रहेका छन् ।
मिर्चैयास्थित रेडियो मुस्कानका सँचालक समेत रहेका सितल झा दोषी ठहर भएपछि फरार भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको फरार सूचिमा राखिएको हो ।
झालाई चेक बाउन्सको मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी अझै फरार रहेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० बस्ने लक्ष्मण झाको छोरा सितल झालाई चेक बाउन्स मुद्दामा ठग ठहर भएपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सो मुद्दामा सुनुवाई हुँदै गत बैशाख ३१ गतेको फैसला अनुसार रेडियो मुस्कानका सँचालक झालाई १५ दिन कैद र १ लाख रुपैयाँ बिगो भराईको सजाय सुनाएको हो । यसअघि उनलाई प्रहरीले फरार अभियुक्तको सूचिमा राख्दै आएको छ । उनी अझै फरार रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…