धनुषामा सबभन्दा बढी महिला तथा बालबालिका पीडित : ईन्सेक
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । धनुषामा सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडित भएको एक तथ्याँकले देखाएको छ । ईन्सेक धनुषाले जनकपुरमा मँगलबार आयोजना गरेको समिक्षा कार्यक्रममा गत ६ महिनाभित्र मात्र ४२ ओटा घटना प्रतिघटनाको तथ्याँक सार्वजनिक गर्दै सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडाको शिकार भए

२०७५ असार १२ मंगलबार, दिउँसो १:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १२ असार । धनुषामा सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडित भएको एक तथ्याँकले देखाएको छ ।
ईन्सेक धनुषाले जनकपुरमा मँगलबार आयोजना गरेको समिक्षा कार्यक्रममा गत ६ महिनाभित्र मात्र ४२ ओटा घटना प्रतिघटनाको तथ्याँक सार्वजनिक गर्दै सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडाको शिकार भएको बताइएको छ ।
राज्य तथा गैरराज्य पक्षबाट गरी महिला हिँसा मात्र ३१ वटा भएको बताइएको छ भने कुटिपटको घटना ४, बोक्सीकाण्ड २, मानवबेचविखन १, सार्वजनिक अपराध २, बम विस्फोट घाईते १ , बालविवाह १ गरी ४२ घटना दर्ज गरिएको जनाइएको छ ।
महिला हिँसाका घटनामा ६ महिनाको अन्तरालमा प्रतिवेदन अनुसार १६ महिला पीडित भएको बताइएको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को लागि अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा उक्त घटनाहरु सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सरोकारवालाहरुले सार्वजनिक अपराधको परिभाषा बारे प्रष्टयाउन जिकिर गरेका थिए भने जस्तोसुकै अवस्थामा पनि पेल्ने दृष्टिकोणले सार्वजनिक मुद्दा लगाइने गरेकोप्रति खेद प्रकट गरे ।
ईन्सेक धनुषाका प्रतिनीधि विनोद कुमार महराले सँचालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनीधि, विभिन्न राजनीतिक दलका प्रतिनीधि सहित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…