धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरु अनिश्चितकालिन धर्नामा
यसअभि नै तलबभत्ताको लागि नगर प्रमखुसहित विभिन्न वडाका वडाध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएपनि कुनै प्रकारको कारवाही नगरेको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको कर्मचारीहरु बताउँछन् । जनप्रतिनीधिहरुको आन्तरिक किचलोको कारण क्षीरेश्वरनाथ नगरपालिकामा बजेट पारित नहुँदा कर्मचारीहरु भोकै बस्न बाध्य भएपछि आन्दोलनमा उत्रेका हुन् । माग पुरा नभएसम्म आन्दोलन नरोकिने कर्मचारीहरुले जनाएका छन् ।

२०८१ मंसिर १६ आइतबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन् ।
नगरपालिकाका स्वास्थ्य कर्मचारीहरुले तलब भत्ता नदिएको भन्दै अननिश्चितकालिन धर्नामा बसेका छन् । गत श्रावणदेखि नै कार्तिक मसान्तसम्मको तलब भत्ता नदिएको भन्दै कर्मचारीहरुले अनिश्चितकालिन धर्नामा बसेका छन् ।
विभिन्न चरणमा आन्दोलन गर्दै आएका क्षीरेश्वनाथ नगरपालिकाकाका कर्मचारीहरुले यहाँका जनप्रतिनीधिहरु नगरसभा नभएको हबाला दिँदै तलबभत्ता रोकेपछि आईतबारदेखि अनिश्चितकालिन धर्नामा बसेर आन्दोलन चर्काएका हुन् ।
यसअभि नै तलबभत्ताको लागि नगर प्रमखुसहित विभिन्न वडाका वडाध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएपनि कुनै प्रकारको कारवाही नगरेको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको कर्मचारीहरु बताउँछन् ।
जनप्रतिनीधिहरुको आन्तरिक किचलोको कारण क्षीरेश्वरनाथ नगरपालिकामा बजेट पारित नहुँदा कर्मचारीहरु भोकै बस्न बाध्य भएपछि आन्दोलनमा उत्रेका हुन् ।
माग पुरा नभएसम्म आन्दोलन नरोकिने कर्मचारीहरुले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…