विवाहपँचमीमा बाह्रविघामा हुने भनिएको रामपालको निःशुल्क भण्डाराको अनुमति मेयरले गरे रद्द

२०८१ मङ्सिर १५ शनिबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो २१ गते जनकपुरधाममा आयोजन हुने विवाहपँचमी महोत्सवको क्रममा निःशुल्क भण्डाराको आयोजना गरेको पूर्ण ब्रहम कविर उपासक समाजको कार्यक्रमको अनुमति रद्द गरिएको छ । 

गत मँसिर ६ गते जनकपुरधाम उपमहानगरपालिकाले विवाहपँचमीको अवसरमा निःशुल्क रुपमा भण्डारा गर्ने कार्यक्रमको लागि अनुमति मागेकोमा हिन्दु सम्राट सेनाले विरोध जनाएपछि भण्डारा कार्यक्रमको अनुमति रद्द गरिएको हो । 

विवाहपँचमीको लागि जनकपुरको रँगभूमि मैदान (बाह्रविघा) मा भण्डाराको लागि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजकुमार केशीले अनुमति दिएका थिए । हिन्दु सम्राट सेनाले निःशुल्क भण्डाराको नाममा ज्ञान गँगा किताब बाँडने कार्यक्रम हुने र यसले विरोध हुने भनेपछि जनकपुरधामका मेयर मनोज कुमार साहले सो अनुमति रद्द गरेका हुन् । 

सुरक्षा र विवादलाई ध्यानमा राख्दै मेयर साहले बाह्रविघामा हुने भनिएको सँत रामपालका अनुवायीहरुको निःशुल्क भण्डाराका कार्यक्रमको अनुमतिलाई रद्द गरिएको सूचना दिएको हो । 

ज्ञान गँगा नामक किताबमा हिन्दु धर्मबारे अफवाह फैलाइएको भन्दै हिन्दु सम्राट सेनाहरुले किताब बाँडन नदिने अडान लिएका हुन् । गत बर्ष समेत रामपालका अनुवायीहरुमाथि उनीहरुले दमन गरेका थिए । 

नेपाल धर्म निरपेक्ष राष्ट्र रहेकोमा सर्वधर्मलाई सम्मान गर्ने भनिएपनि कुनै धर्म ग्रन्थ, विश्वासको विरुद्ध अफवाह फैलाइकोप्रति आपत्ति जनाउँदै किताब बाँडन नदिने जनाएको छ । 

  • 90%
  • 3%
  • 0%
  • 0%
  • 0%
  • 1%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ मङ्सिर १५ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus