न्यूज ब्यूरो, सिरहा । सिरहाका एक मदिरा व्यवसायीसँग एक पत्रकारले १ लाख २५ हजार रुपैयाँ लिएको खुलेको छ । समाचार लेखिदिने धम्की दिँदै सिरहालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सँतोष बराइली नामक पत्रकारले मदिरा व्यापारीसँग बार्गेनिँग गरेको अडियो रेकर्ड सार्वजनिक भएको छ ।
सिरहाको गम्हरियास्थित मदिरा पसल र थोक विक्रेता सँचालक रहेका स्थानीय विष्णु भगतसँग १ लाख २५ हजार रुपैयाँ धम्की दिएर लिएको आरोप छ । उनले गरेको बार्गेनिँगको अडियो रेकर्ड न्यूज ब्यूरोले फेला पारेको हो ।
पटक पटक व्यापारी भगतसँग रकम मागेपछि तँग भएर उनले न्यूज ब्यूरोलाई गुहारेका हुन् । काठमान्डौँबाट सँचालनमा रहेको एक अनलाईनमा व्यापारी विष्णुको बारेमा समाचार लेख्दै २५ हजार रुपैयाँ मागेका थिए । रुपैयाँ नदिए पुनः थपेर समाचार लेखिदिने भनेर धाकधम्की दिएपछि धन्दालाई मध्यनजर गर्दै विष्णुले २५ हजार रुपैयाँ दिएको बताईएको छ ।
समाचार लेखेपछि विष्णु भगतको पसलमै पुगेर रकम मागेका आफूलाई पत्रकार भन्ने सँतोष बराइलीले एक व्यापारी मार्फत पुनः १ लाख रुपैयाँ डिमाण्ड गरे । अडियो रेकर्ड अनुसार उनले काठमान्डौँको एक मिडियाको हबाला दिँदै डेस्कमा सम्पादकले १ लाख भन्दा कममा नमान्ने भन्दै नदिए पुनः लेखिदिने धाक लगाए ।
गाउँमा बिजनेस व्यापार गर्दै आएका विष्णुले समाचार मार्फत प्रतिष्ठा गुमाइसकेपछि हत्तारिएका थिए । उनले अझ ईज्जत फुकदिने डरले १ लाख रुपैयाँ लहान उद्योग वाणिज्य सँघका अध्यक्ष विकास सारडामार्फत बुझाए ।
उनले पुनः रकम माग गर्न थालेपछि व्यापारी भगतले मिडिया गुहारेका हुन् । समाचार मार्फत उनलाई सिरहाको नवराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट हरेक रात मदिरा भारततर्फ निर्यात गरिरहेको भनेर दर्साएका हुन् । बिष्णुको मदिरा तस्करीलाई प्रहरी प्रशासनको बलियो साथ रहेको स्रोतलाई हवाला दिँदै लेखेका छन् ।
गमरियास्थित घरमै गोदाम खोलेका उनले ठाडीदेखि बरियारपट्टीसम्म दशगज्जामै कानुनविपरित सञ्चालित होटलहरूमार्फत बिष्णुले सहजै रूपमा मदिरा भारत तस्करी गर्दै आएको समाचार उल्लेख गरेको पाइएको छ ।
पत्रकार बराइलीले समाचारमा उल्लेख गरे अनुसार नाकामा तैनाथ सशस्त्र प्रहरी प्रमुखलाई १ लाख, नवराजपुर प्रहरी चौकीलाई ५० हजार, इलाका प्रहरी कार्यालय लक्ष्मिपुर पतारीलाई ३० हजार, महेशबारी र भगबानपुर चौकी क्रमशः २५ र १५ हजार रूपैयाँ मासिक बुझाउँदै आएको बिना प्रमाण दाबी गरेका छन्।
त्यसैगरी, ठाडीस्थित सशस्त्रको स्काउट डिएसपीलाई मासिक ५० हजार, ठाडीस्थित प्रहरी चौकीलाई ५० र ठाडी भन्सार प्रमुखलाई १ लाख रूपैयाँ बुझाउँदै आएको भनेर दाबी गरेका छन् । यद्यपी, समाचारमा कुनै प्रकारको प्रमाण भने दिएका छैनन् ।
बार्गेनिँगको अडियो रेकर्ड
उनले समाचारमा सिरहाका सशस्त्रका एसपी, जनपदका एसपी, डिएसपी, लहानमा सशस्त्रका डिएसपी, विभिन्न ईलाका प्रहरी कार्यालयका ईन्चार्ज, सिडिओदेखि अन्य व्यक्तिहरुलाई मासिक १ लाखदेखि २ लाखसम्म दिँदै आएको भनेर लेखेका छन् ।
यद्यपी, व्यापारी विष्णु भगतले भने आफ्नो चरित्र हत्या गरिएको भन्दै कानुनी प्रक्रियामा जाने तयारी गरेको बताए । उनले चरित्र हत्याका साथै रकमको बार्गेनिँग समेत गरेको भन्दै सोही अनुसार कानुनी प्रक्रिया पुरा गरेको बताए ।
उनले आफूलाई व्यापारी भन्दै मदिरा तस्करको आरोप लगाएर चरित्र हत्या गरेको आरोप लगाए । ३ वटा अडियो रेकर्डमा पत्रकार सँतोष बराईलीले रकमको बार्गेनिँग गरेको प्रष्ट छ । रकम लिएपछि उनले कुनै पनि पुलिस प्रशासनले केही गर्न नसक्ने जिम्मा पनि लिएको सुनिन्छ ।
समाचार प्रकाशितपछि सवा लाख रुपैयाँ लिएका बराइलीले रकम लिसकेपछि पुनः सोही समाचारमा विष्णुको प्रतिक्रिया राखेको देखिएको छ । अडियोमा विष्णुले आफ्नो खर्चको बारेमा बताउँछन् । खर्चको बारेमा जिकीर गर्दा समाचारमा उल्लेख केही तथ्यहरु सत्य रहेको यकिन गर्न सकिन्छ ।
यसको बारेमा हामीले काठमान्डौँमा सँचालनमा रहेको सो मिडियाका सम्पादकसँग कुरा गर्ने प्रयास गरेका थियौँ, उहाँ बाहिर हुँदा मिडियाका एक अधिकारिक व्यक्तिसँगको कुराकानीमा सँतोष बराइली नामको सिरहाको कुनै पनि संवाददाता नरहेको प्रतिक्रिया दिए ।
यता, पत्रकार सँतोष बराइलीले आफू कसैसँग बार्गेनिँग नगरेको दाबी गरेका छन् । उनले विज्ञापनको पैसा मागेको हुनुपर्ने प्रतिक्रिया दिए । न्यूज ब्यूरोको जिज्ञासामा उनले विष्णु साह (भगत) सँग समाचारको लागि कुनै बार्गेनिँग नगरेको दाबी गरे ।
एनपिएलमा जनकपुर बोल्ट्स चौथो पटक जित्यो, लुम्बिनी हारे चारै खेल
- २०८१ मङ्सिर ११ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ। आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको
पूरा पढ्नुहोस्