समाजमा पार्टी पार्टी चुनावमा मात्र हुनुपर्छ, विकासमा एक हुनुपर्छः नेता ढुँगाना

२०८१ मङ्सिर १० सोमबार
बिहान ११:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले समाजमा विकासको लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् । 
विकासको नाममा विभिन्न दलले एकजुट भएर सहकार्य गरी विकास निर्माणका कार्यहरु गर्नुपर्ने बताएका छन् । 
धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित भएको वृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य समेत रहेका नेता ढुँगानाले चुनावको बेला मात्र राजनीति गर्न आग्रह गरे । उनले जहाँ पनि विकासको नाममा सबै मिलेर एकजुट भई काम गर्नुपर्ने धारणा राखे । 
आईतबार पार्टी प्रवेशको क्रममा दर्जनौ नेता कार्यकर्ताहरु अन्य पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर ५ नेपाली काँग्रेसको गढ रहेको छ । त्यसमा पनि अन्य विभिन्न दल त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेपछि नेपाली काँग्रेस पार्टी झन बलिया भएका हुन् । 
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्यादेवी भुजेल, वडाध्यक्ष इन्द्र कुमार महतो लगायतको विशेष उपस्थितिमा दर्जनौ नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भठिहनमा यादव चौकको विवाद टुगिँयो, 'श्रीराम चौक' राख्ने सर्वपक्षीय निर्णय

  • २०८१ मङ्सिर १० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित विवादित यादवचौक लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।  सबैला नगरपालिकाले स्थानीय प्रशासनसँग सो चौकमा नामकरणको विवाद भएको भन्दै

पूरा पढ्नुहोस्

Bureau Menus