कतारबाट विश्वमञ्चमा नेपाल चिनाउँदै नेपाली चेली यासमिन

२०८१ मङ्सिर ३ सोमबार
बिहान ०९:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । कत्तारको राजधानी दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीइसीसी) मा हस्पिटालिटी कत्तार २०२४ कार्यक्रम सम्पन्न भयो । नोभेम्बर १२ देखि १४ तारिखसम्म चलेको यस कार्यक्रममा कतारका प्रमुख हस्पिटालिटी उद्योगका कम्पनीहरू र २० वटा अन्य देशका अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी भए ।

यसै कार्यक्रममा सहभागी भयो, नेपाली नागरिक स्वामित्वको एकमात्र कम्पनी । त्यो हो, क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी । यो कम्पनी हो, नेपालको महोत्तरी जिल्ला निवासी कतारमा स्थापित हुँदै गएकी महिला उद्यमी यासमिन नाजको ।

यो कम्पनीले कतारमा विभिन्न क्षेत्रमा आवद्ध मानिसलाई त्यहाँको प्रतिस्पर्धात्मक रोजगारी बजारमा सफलता हासिल गर्नका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्ने काम गर्दै आएको छ । नाज नेतृत्वको यो कम्पनी कतारको हस्पिटालिटी उद्योग र व्यावसायिक विकास क्षेत्रमा महत्वपूर्ण योगदानकर्ता कम्पनीको रुपमा परिचित बन्दै गएको छ ।

यसै कारणले कतार जस्तो मुलुकमा भएको यस्तो विशेष खालको कार्यक्रममा सहभागी हुने अवसर मिलेको नाज बताउँछिन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको यासमिनले सुनाइन् ।

‘विश्वमा एउटा मायने राख्ने देशमा आयोजित कार्यक्रममा यसरी सहभागी भएर आफ्नो मुलुकलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ, यो मेरो लागि गौरवको विषय पनि हो,’ उनले भनिन्, ‘यो सबै हाम्रो मेहनत र सबैको मायाको नतिजा हो ।’

खासगरी कतारसहित खाडी मुलुकहरुमा नेपालीलाई सामान्य मजदुरका रुपमा लिइन्छ । तर, यासमिनले जुन काम कतारमा गरिरहेकी छिन्, त्यसले नेपालीकै परिचय परिवर्तन गरिरहेको छ । नाजको कम्पनी व्यावसायिक हिसाबले मात्र सक्रिय छैन, नेपाली मजदुरहरूलाई बेलाबेला निशुल्क रूपमा शीपमुलक र वृत्ती विकासका लागि तामिल पनि प्रदान गरिरहन्छ ।

नेपाली तल्लो तहका मदजुरमात्र होइन, उनीहरु उपल्लो तहका जस्तोसूकै जिम्मेवारीका लागि पनि सक्षम हुन् भन्ने संदेश दिनेगरी प्रयत्न आफूले गरिरहेको यासमिनको भनाइ छ । यसका लागि अदक्ष मजदुरलाई दक्ष बनाउने दायित्व आफ्नो पनि रहेको उनी सुनाउँछिन् ।

नेपाल हरेक हिसाबले विशिष्ट खालको मुलुक भएको भन्दै नेपाललाई विश्वसामु चिनाउन आवश्यक रहेको र आफूले मुख्य रुपमा सोही काम गरिरहेको यासमिन बताउँछिन् । ‘नेपाल विशिष्ट खालको देश हो, नेपालीहरु मेहनती हुन्छन्, इमान्दार हुन्छन्, सक्षम हुन्छन्,’ उनी भन्छिन्, ‘तर, विश्वसामु हामीले हाम्रो महत्व देखाउन नै सकेनौं, खासमा मैले त्यही कुरा देखाउने कोशिस गरिरहेको छु ।’

यासमिन यतिमा मात्र सीमित छैनन् । उनी यसअघि फिफा २०२२, एएफसी २०२३, कतार रेल, लुसैल स्मार्ट सिटीलगायतका ठूल्ठूला प्रोजेक्टहरुमा संलग्न रहिसकेकी छिन् । यी सबै कार्यक्रमहरुमा आफ्नो उपस्थितिको मुख्य उद्देश्य नै नेपाल चिनाउनु रहेको उनी बताउँछिन् ।

  • 96%
  • 2%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतको महाराष्ट्रमा मोदीको पार्टीलाई बहुमत, २३३ सिटमा जीत

  • २०८१ मङ्सिर ३ सोमबार

न्यूज ब्यूरो ।  भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय

पूरा पढ्नुहोस्

Bureau Menus