जनकपुरको मिथिलाबिहारी मन्दिर सँचालक समितिमा साह
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोकस्थित रहेको मिथिलाबिहारी मन्दिरको संरक्षण तथा व्यवस्थापनको लागि समिति बनाइएको हो । सो मन्दिर प्रवद्र्धनको लागि बनाइएको समितिको नेतृत्व साहले गर्ने जिम्मेवारी पाएका हुन् ।

२०८१ मंसिर २ आइतबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको मिथिलाबिहारी मन्दिरको सँचालक समिति अध्यक्षमा राधाकृष्ण साह उर्फ किशन साह चयन भएका छन् ।
शनिबार भएको स्थानीयहरुको भेलाबाट मन्दिर सँचालक समितिको अध्यक्षमा साहलाई सर्वसहमतिले चयन गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोकस्थित रहेको मिथिलाबिहारी मन्दिरको संरक्षण तथा व्यवस्थापनको लागि समिति बनाइएको हो । सो मन्दिर प्रवद्र्धनको लागि बनाइएको समितिको नेतृत्व साहले गर्ने जिम्मेवारी पाएका हुन् ।
किशोरावस्थादेखि नै राजनीतिमा लागेका साह मन्दिर सँचालक समितिको अध्यक्ष पदमा निर्विरोध भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…