कमलाको महिमा जागृत हुनुपर्छ, कमला सँस्कार र सँस्कृति होः नेता ढुँगाना
सबैला नगरपालिका वडा नम्बर १३ को अगुवाईमा आयोजित संवाद कार्यक्रममा धनुषाको रघुनाथपुरस्थित हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले स्थानीय संयोजन गरेको थियो । समितिका अध्यक्ष विरेन्द्र महतो र सचिव विनोद कुमार पालको सक्रियतामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।

२०८१ मंसिर १ शनिबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले कमला नदीको महिमाबारे जागृहत हुनु आवश्यक रहेको बताएका छन् । उनले कमला नदी संस्कार र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै यसको संरक्षणका लागि चौतर्फी सहकार्यको आवश्यक्ता औंल्याएका छन् ।
कमला बचाउ अभियानको छैंठौ वार्षिक महोत्सवको अवसरमा शुक्रबार आयोजित ‘कमला आरती तथा गंगा–कमला संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुङ्गानाले जीवन रक्षाका लागि पनि कमला संरक्षणमा सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
‘कमलाको महिमा अपार छ’ नेता ढुङ्गानाले भने, ‘यसको संरक्षणका लागि कमला बचाउ अभियान सुरु भएको छ । यसमा सबैजनाले आफ्नो तर्फबाट ईंट थप्दै जानुपर्छ । कमलाको संरक्षण भए मात्र हाम्रो जीवन जोगिने हो ।’
कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल यादव, प्रदेश सांसद संजय महतो, सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादव, सिरहाको कर्जनहा नगरपालिका प्रमुख भोला पोखरेल, शहीदनगरका पूर्व नगर प्रमुख उदयकुमार बरबरिया, सिन्धुलीको कमलामाई नगरपालिकाका पूर्व नगर प्रमुख लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।
यस्तै, भारतस्थित गंगा समग्रका राष्ट्रिय मन्त्री रामाशंकर सिन्हा, अविरल गंगा र लोक दायित्वका संयोजक पवन सिंह लगायत नदी तथा पर्यावरण संरक्षण अभियानीहरुको उपस्थिति थियो ।
कमला नदीको संरक्षणसँगै कमलाको प्रभाव र महत्वको जगेर्णाका निम्ति सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुका साथै बढीभन्दा बढी पक्षहरुको सहभागीताका लागि अभियान अघि बढिरहेको छ । विक्रम यादवको नेतृत्वमा अघि बढिरहेको कमला बचाउ अभियानलाई सार्थक परिणाम दिन प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन वार्षिक महोत्सवको रुपमा सरोकारवाला पक्षहरुको भेला आयोजना गर्दै आएको अभियानका सचिव विनोद महराले जानकारी दिए ।
सबैला नगरपालिका वडा नम्बर १३ को अगुवाईमा आयोजित संवाद कार्यक्रममा धनुषाको रघुनाथपुरस्थित हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले स्थानीय संयोजन गरेको थियो । समितिका अध्यक्ष विरेन्द्र महतो र सचिव विनोद कुमार पालको सक्रियतामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…