सबिन यादव, सिरहा । सिरहाको जेलभित्रै अवैद्य धन्दा भईरहेको पाईएको छ । न्यूज ब्यूरोले गरेको एक स्टीँग अपरेशनको क्रममा सिरहा कारागारभित्र अवैद्य कारोबार भईरहेको पाईएको छ ।
सिरहा जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित समानहरु विक्री वितरण गरिरहेको पाईएको छ ।
स्टीँग अपरेशनको क्रममा विजय महतो र ईन्द्रजीत यादवले जेललाई ससुरालीझैँ बनाएर राखेका छन् । मुख्य नाईके रहेका महतो र दोस्रो नाइके रहेका यादवले कारागार चलाईरहेका छन् । त्यसको लागि उनले लाखौँ रुपैयाँ खर्च गरेको पनि बताइएको छ । विजय महतो सिरहा कारागार आउन मात्र २४ लाख रुपैयाँ खर्च गरेको बताइन्छ । स्टीँग अपरेशनको क्रममा रेकर्ड गरिएको एक भिडियोमा महतोले आफू यहाँ आउन २४ लाख रुपैयाँ खर्च गरेको बताएका छन् ।
“म बिजय महतो पहिला भिम फेदि कारागारमा थिए । त्यसपछि सप्तरीको राजविरा आए र तत्कालीन राजविराज कारागारका चौकिदार सलमान राइनको पावर र पैसामा सिरहा आउन सफल भएको छु । सिरहा आउँदा मलाई यहाँबाट भगाउन नानाथरी चाल चल्दै आएको छ ।”– उनले भनेका छन् ।
सिरहा जेलका नाईके भनिएका विजय महतो (सिक्री लगाएको)
सिरहा जेलमा सरकारले पठाउने कैदीहरुको राशन बेचेर करोडपति भएका छन् महतो । सिरहा कारागारको लागि आउने राशन उनले बजारमा बेच्ने गरेका छन् । खपत हुने राशन मात्र खपत गरी बाँकीका राशन बजारमा बेच्ने गरेको प्रमाण समेत न्यूज ब्यूरोले फेला पारेको छ ।
नाईके महतोले कारागार प्रशासनको मिलोमत्तोमा झूठा विवरणहरु तयार पारी सरकारबाट भारी मात्रामा राशन लिने गरेको छ । सरकारले दिने राशनको मात्र २५ प्रतिशत खर्च हुने गरेको छ । बाँकीको अन्दाजी ७५ प्रतिशत राशन उनले बजारमा बेचेर रकम लिने गरेका छन् । यसको लागि कारागार प्रशासनको प्रत्यक्ष संलग्नता बताएका छन् । उनले महिनामा कम्तीमा पनि १०० बोरा चामल बजारमा बेच्दै आएका छन् । यसको स्टीँग अपरेशनको भिडियो प्रमाण हेर्नुहोस् ।
सिरहा कारागारमा महिनाको १२ देखि १४ लाख रुपैयाँ उठाउने गरेको छ । जसमा कैदीहरुको लागि सरकारले दिने खाद्यान्न समाग्रीमा सबभन्दा अधिक चामल आउने गरेको छ । चामल बाहेक पीठो, नुन, हल्दी, मसाला, तेल, दाल तरकारीको लागि प्रति कैदी सरकारले ८० रुपैयाँ दिँदै आएको छ । जेलभित्र अधिकांश कैदीहरु रोटी खान्छन्, उनको लागि आउने चामल पनि विक्री गरिन्छ । सरकारले प्रतिकैदी ७०० ग्राम एक दिनको चामल दिँदै आएको छ ।
सिरहा जिल्लामा जम्मा ५१८ कैदीबन्दी रहेको वर्तमान जेलर दिनेश भट्टराईले बताए । एउटा कैदीलाई एक दिन (बिहान र बेलुकी) को लागि ७०० ग्राम चामल दिइन्छ । जस अनुसार प्रतिदिन ५१८ कैदीको लागि ३ क्वीन्टल ६२ किलो खर्च हुन जान्छ । यस हिसाबले प्रतिमहिना सो जेलमा सरकारले १०८ क्वीन्टल ७८ किलोग्राम चामल दिँदै आएको छ ।
प्रतिकैदी सरकारले दाम र तरकारीवापत ८० रुपैयाँ दिँदै आएको छ । जस अनुसार दैनिक ४१ हजार ४४० रुपैयाँ र मासिक १२ लाख ४३ लाख २०० रुपैयाँ हुन्छ । सरकारले प्रतिकैदी दाल तरकारीको लागि ८० रुपैयाँ दिएपनि उनीहरुले खाना भने सो अनुसार पाउँदैन, जसको प्रत्यक्ष फाईदा नाईके विजय महतोले गोजीमा हाल्दै आएका छन् ।
वर्तमान जेलर दिनेश भट्टरार्ईले आफूलाई अहिले एक महिना मात्र भएकोले आफ्नो पालामा यस्ता गतिविधि नभएको दाबी गरे । उनले आईतबार सिरहाको लहानबाट पक्राउ परेको चामल जेलको नरहेको पनि दाबी गरे ।
कारागारमा स्टीँग अपरेशनमा रहेका न्यूजब्यूरोकर्मी सबिन यादव
ज्यादती विरुद्ध कुनै बोल्दा भाँचिन्छ हातखुट्टा
सिरहा जेलका नाईके विजय महतो जेलका दण्डकर्ता हुन । उनीविरुद्ध कुनै कैदीले आवाज उठाए उनले जेलभित्रै हातखुट्टा भाँचेर अर्को जेलमा पठाउने पावर राख्छन् ।
केही दिन अगाडी मात्र सो जेलमा रहेका अशोक मण्डल, गँगा मण्डल र इन्दल यादवले उनको ज्यादतीविरुद्ध आवाज उठाउँमा तीनै जनाको हातखुट्टा भाँचेका थिए विजय महतो । उनीहरुलाई हातखुट्टा भाँचेर पहाडी जिल्ला नुवाकोट जेलमा पठाए ।
एक पूर्वकैदीसँग गरिएको सानो कुराकानीमा विजय महतोले सिरहा जेललाई आफ्नो ससुराली ठान्छन् । सेवा सत्कारको लागि ससुराली र कैदीहरुको आफ्नो घर ठान्दै आएका छन् । उनलाई जतिबेला जे मन लाग्यो गर्न सक्छन् ।
यहाँसम्म की जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटाइएका कर्मचारी पनि उनका गुलाम हुन् । प्रशासनका कर्मचारी पनि बाध्य भएर उनले भने आदेश पालना गर्नुपर्ने बाध्यता रहेको बताईन्छ । सरकारी राशन विक्रीमा भने सरकारी कर्मचारीको पनि मिलोमत्तो रहेको छ ।
निरन्तर सरकारी चामल बेच्छन नाईके बिजय महतो
नाईके महतोले कारागारको चामल चोरी गरेर बेच्दा एक पटक प्रहरीले पक्राउ पनि गरेको चामल गोदामका मालिकले बताउँछन् । आईतबार मात्र कारागारको चामल ७० बोरा लाहानको एक गोदाममा बेच्न लाग्दा सिरहा प्रहरीले पक्राउ गरेको थियो । यद्यपी, सिरहा प्रहरीले राजनीतिक दबाब र फँस्ने डरले सूचना लुकाए । प्रहरीकै एक अधिकारीले ७० बोरा चामल पक्राउ नाम नखोल्ने शर्तमा बताए ।
न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले गरेको स्टीँग अपरेशनको क्रममा जेलको सरकारी चामल किन्दै आएकी पसले महिलाले विजय महतोको कच्चा चिठ्ठा खोलिदिएकी हुन् । उनले आफू सरकारी चामल किन्दै आएको स्वीकारेकी छन् । यो भिडियोले सिरहा जिल्ला कारागारमा भईरहेको अवैद्य धन्दाको पर्दाफास भएको हो ।
केही मिडियाहरुमा केही महिनाको अगाडीको एक भिडियो सार्वजनिक भएपछि सिरहा कारागारभित्रको धन्दाको पर्दाफास भएको हो । सिरहा कारागारभित्रै सूर्ति, चुरोटदेखि लिएर लागूऔषधसम्म समेत प्रवाह भइरहेको बताईन्छ ।
सिरहा जेलको सरकारी रासन खरिद गर्ने पसल/गोदाम
सिरहा कारागारका चौकिदार बिजय महतोले आफ्नो बचाउका लागि एमाले , कांग्रेस र अन्य ठुला नेताहरुलाई सम्पर्क गरेको एक नेताले बताए ।
जिल्ला कारागार सिरहामा कैदिहरु ५१८ मा पुरुष कैदीहरु ४३९ , ४९ महिला र ४ नाबालक कैदिहरु रहेको छ ।
जसमा जिल्ला कारागार सिरहाका चौकिदार बिजय महतोले सिरहामा विभिन्न निकायमा महिनाको पैसा बुझाउने गरेको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८१ कार्तिक २६ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्