एसईईको परिक्षाफल आज दिउँसो सार्वजनिक हुने
न्यूज ब्यूरो | जनकपुरधाम, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सम्पूर्ण तयारी पूरा भइसकेकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको बताए । शनिबार दिउँसो ३ बजे नतिज

२०७५ असार ९ शनिबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) प्रकाशित गर्ने भएको छ ।
परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सम्पूर्ण तयारी पूरा भइसकेकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको बताए ।
शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक राखिएको छ । ४ बजे पत्रकार सम्मेलन राखिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…