कल्याणेश्वर मठका सिद्ध साधु सुधाकर बाबा रहेनन
उनको पार्थिव शरिर कल्याणेश्वर स्थानमा राखिएको छ । करिब ४० बर्ष अगाडी बाबा परमहंशका शिष्य भएका थिए । शरिरभरि औँठी रहेका बाबा सुधाकरलाई स्थानीयहरुले औँठी बाबाको नामले चिनाएका थिए । उनको अन्तिम सँस्कार कलनामै हुने जनाइएको छ । एक साता अगाडी उनको हृदयघाट (हर्ट अटैक) भएपछि बिहारको बासोपट्टिस्थित एक हस्पिटलमा उपचार भईरहेको थियो ।

२०८१ कार्तिक १६ शुक्रबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने माध्यमिकी परिक्रमाको पडावस्थल रहेको कल्याणेश्वर स्थानको सिद्ध साधु सुधाकर बाबाको निधन भएको छ ।
गएराती ७० बर्षको उमेरमा उनले सँसार छाडेका हुन् । दिपावलीकै दिन नेपाली समयानुसार ११ बजेर १५ मिनेटमा उनको निधन भएको परिवारजनले जनाएको छ ।
उनको पार्थिव शरिर कल्याणेश्वर स्थानमा राखिएको छ । करिब ४० बर्ष अगाडी बाबा परमहंशका शिष्य भएका थिए । शरिरभरि औँठी रहेका बाबा सुधाकरलाई स्थानीयहरुले औँठी बाबाको नामले चिनाएका थिए ।
उनको अन्तिम सँस्कार कलनामै हुने जनाइएको छ । एक साता अगाडी उनको हृदयघाट (हर्ट अटैक) भएपछि बिहारको बासोपट्टिस्थित एक हस्पिटलमा उपचार भईरहेको थियो ।
उनको अन्तिम सँस्कारमा ग्रामवासीसहित आसपासका जिल्लाका श्रद्धालुहरु समेत पुग्ने आँकलन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…