सशस्त्र प्रहरी बल सिरहाका एसपी गैरेको सरुवा, नयाँ एसपीमा भण्डारी हाजिर
सिरहामा तस्करीलाई कडाई गर्दा राजनीतिक दबाबमा परेका एसपी गैरेले कार्यकाल सम्पन्न बिना नै सरुवाको तयारी भएको थियो । डटेर बसेपछि उनले आफ्नो कार्यकाल पूरा गरी मात्र सिरहाबाट नियमित सरुवामा गएका छन् ।

२०८१ कार्तिक ११ आइतबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहाका एसपी शिव गैरेको सरुवा भएको छ । १३ महिनाको कार्यकालपछि गैरे सिरहाबाट सरुवा भएका हुन् ।
१३ महिनको कार्यकालमा करोडौँको तस्करीको समान बरामद गरी सरकारलाई राजस्व चुहाबटबाट जोगाउने एसपीको रुपमा चिनिए । खुल्ला सीमानाकाको कारण शतप्रतिशत तस्करी रोक्न नसकेपनि विगतको तुलनामा राजस्वमा बढोत्तरी गराएको बताए ।
सिरहामा तस्करीलाई कडाई गर्दा राजनीतिक दबाबमा परेका एसपी गैरेले कार्यकाल सम्पन्न बिना नै सरुवाको तयारी भएको थियो । डटेर बसेपछि उनले आफ्नो कार्यकाल पूरा गरी मात्र सिरहाबाट नियमित सरुवामा गएका छन् ।
उनलाई बिदाईको लागि सुरक्षा निकायका व्यक्तिहरु, सँचारकर्मी, राजनीतिकर्मी, बुद्धिजीवीहरुले उपस्थिति जनाए ।
बिदाई समारोहको क्रममा सशस्त्र प्रहरी बल सिरहाका गणपति तथा एसपीमा नरेश भण्डारी हाजिर भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…