आम जनतालाई प्राथमिकतामा राखेर काम गरौँः मुख्यमन्त्री सिँह

२०८१ कार्तिक ११ आइतबार
बेलुकी ७:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिँहले आम जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् । 

आईतबार जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा आज क्षेत्रीय कार्यालयको उदघाटन कार्यक्रममा जनमतका नेता समेत रहेका मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् । 

पर्सा क्षेत्र नम्बर दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको सेवामा दत्तचित्त भएर काम गर्न आग्रह गरे ।

लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न मुख्यमन्त्री सिंहले निर्देशन दिए । उनका अनुसार शिक्षा, स्वास्थ्य जस्ता गम्भीर मुद्दाहरुमा जनतासंग प्रत्यक्ष सरोकार भएका विषय हुन ।

‘त्यसकारण यस्ता मुद्दाहरुप्रति गम्भीर जनताको पक्षमा काम गर्न आग्रह छ, जनताको घरमा हुने हरेक सानोसानो कार्यमा पनि सहभागीता जनाउन उत्तिकै जरुरी रहेको छ,’ उनले भने ।

‘यसको साथै जनमत पार्टी अनुशासनमा चल्ने पार्टी रहेको तपाइँहरु अनुशासन भन्दा बाहिर गएर काम नगर्नु होला, आफ्नो कतव्र्य भन्दा बाहिर गएर काम गरेमा जनमत पार्टीले त्यसलाई अस्वीकार गर्छ । त्यसकारण यो विषयतर्फ सावधानी अपनाउनु होला,’ उनले भने ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफसहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८१ कार्तिक ११ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus