साना किसान कृषि सहकारी सँस्था धनुषा गोविन्दपुरको २० औँ साधारणसभा सम्पन्न, बचतकर्ता बढदै
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मिथिलाबिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, उपमेयर शोभा देवी साह, साना किसान विकास बैँक बर्दिवासका शाखा प्रबन्धक युवराज गैरेको विशेष उपस्थिति रहेको थियो ।

२०८१ कार्तिक ११ आइतबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधामस्थित रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेडको २० औँ साधारणसभा सम्पन्न भएको छ ।
शनिबार एक समारोहबीच २०औँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको क्रममा सहकारी सँस्थामा बचकर्ताको सँख्या बढदै गएको प्रतिवेदन पेश गरिएको छ ।
सँस्थाका सभापति प्रभु नारायण साहको अध्यक्षता तथा सबैला नगरपालिकाका मेयर कारिराम यादवकोे प्रमुख आतिथ्यमा २०औँ साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको क्रममा लेखा समितिका सँयोजक अर्जुन प्रसाद सिँहले लेखा प्रतिवेदन पेश गरे भने प्रमुख प्रबन्धक राजकुमार साहले बार्षिय आय व्यय प्रतिवेदन पेश गरेका थिए ।
धनुषाधाम नगरपालिका वडा नम्बर २ मँगलपुरस्थित एक समारोहको आयोजना गरी साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मिथिलाबिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, उपमेयर शोभा देवी साह, साना किसान विकास बैँक बर्दिवासका शाखा प्रबन्धक युवराज गैरेको विशेष उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…