साना किसान कृषि सहकारी सँस्था दिगम्बरपुरको २२औँ साधारणसभा, नाफामा वृद्धि
समारोहमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्य ईन्द्र कुमार महतो, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतो, धनुषाधाम ६ का वडाध्यक्ष ऋषिकेश लामा, साना किसान विकास लघुवित्त बर्दिवासका प्रबन्धक युवराज गैरे लगायत सदस्यहरुको भारी उपस्थिति रहेको थियो ।

२०८१ कार्तिक ८ बिहीबार, बिहान ११:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेवश्वरनाथ नगरपालिकास्थित रहेको साना किसान कृषि सहकारी सँस्था दिगम्बरपुरको २२ औँ साधारणसभा सम्पन्न भएको छ ।
बुधबार एक समारोहबीच सँस्थाको २२औँ साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको क्रममा अन्य बर्षको तुलनामा आर्थिक बर्ष २०८१/०८२ सको प्रथम चौमासिकसम्म आईपुग्दा नाफामा वृद्धि भएको जानकारी दिएको छ ।
२०७९/०८० मा ५२१३ हजार नाफा रहेकोमा गत आर्थिक बर्षसम्म ८८०२ भई नाफा ३५८९ ले वृद्धि भएको जनाईएको छ । यस्तै सँस्थाको निक्षेप, शेयर र जगेडा कोषमा समेत वृद्धि भएको जनाइएको छ ।
साना किसान तथा कृषि सहकारी लिमिटेड दिगम्बरपुरका अध्यक्ष लक्ष्मी कुमार यादवको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिँहको प्रमुख आतिथ्यमा सम्पन्न २२औँ साधारण सभाको क्रममा सँस्थाले लगान गरेको ऋण, बचत, बालबचत, महिला बचत तथा अन्य सेवासुविधाहरुको बारेमा प्रष्टयाएको थियो ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको विशिष्ट आतिथ्यमा सम्पन्न साधारणसभामा सँस्थाका प्रबन्धक चन्द्रप्रकाश सिँह (सिके सिँह) ले सँस्थाको आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । सँस्थामा शेयर सदस्य २ हजार ४ सय २८ पुगेको हो ।
समारोहमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्य ईन्द्र कुमार महतो, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतो, धनुषाधाम ६ का वडाध्यक्ष ऋषिकेश लामा, साना किसान विकास लघुवित्त बर्दिवासका प्रबन्धक युवराज गैरे लगायत सदस्यहरुको भारी उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…