न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली सांगीतिक जगतमा हालसालै सार्वजनिक भएको गीत "डोली लक एबै कहिया" अहिले भाइरल बन्दै गएको छ। गीतमा अनु चौधरी र किशुनको मधुर स्वर, उत्कृष्ट सिनेमाटोग्राफी र गहिरो भावनाले दर्शकहरूको मन जितिरहेको छ। गीतको आकर्षक छायांकन र कथा प्रस्तुतीकरणले सँगसँगै यसको लोकप्रियता चुलिएको हो।
"डोली लक एबै कहिया" मा अनू चौधरी र किशुन महराले आफ्नो आवाज दिएका छन् भने मुख्य कलाकारहरूमा दिनेश महरा र सान्वी भगत रहेका छन्। गीतको संगीत, मिक्सिङ र मास्टरिङ्ग सरोज श्रेष्ठले गरेका हुन्। यस गीतको भावुक र सजीव शब्दहरू मैथिल मुकेशले लेखेका छन्, जसले प्रेम र समर्पणको गहिरो भावना अभिव्यक्त गर्दछ।
गीतको निर्माणमा राकेश साह र अविनास गुप्ताको महत्वपूर्ण भूमिका रहेको छ भने निर्देशन कम्लीले गरेका छन्। छायांकन, सम्पादन र रंग संयोजन पनि कम्लीको टीम(ओल्ड भाइब स्टुडियो)ले नै सम्हालेको छ। सह-निर्देशनमा पंकज सिंह, सह-छायांकनमा जानेमन नायक रहेका छन् भने नृत्य निर्देशकको जिम्मेवारी मनिष राउतले पूरा गरेका छन्।
गीतको कथा एक सच्चा प्रेममा आधारित छ, जहाँ प्रेमिका आफ्ना सपनाहरू पूरा हुँदै गरेको देख्छिन्। "डोली लक एबै कहिया" जस्ता शब्दहरूले दर्शकहरूलाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ। गीतलाई AF Maithili युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
यो गीत अहिले सामाजिक सञ्जालहरूमा व्यापक चर्चा बटुलिरहेको छ, जसले मैथिली संगीतको क्रेजलाई फेरि एकपटक शिखरमा पुर्याएको छ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८१ कार्तिक ८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्

