जनता जायसवाल माविको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम सम्पन्न
कार्यक्रमको संचालन शिक्षिका दुर्गा गौतमले गरेकी थिइन भने शिक्षिका रजनी कर्णले स्वागत मनतव्य राखेकी थिइन । वि.सं.२०१७ साल कात्तिक ७ गते स्थापना भएको विद्यालयमा वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजन हुादै आएको विद्यालयका शिक्षक जितेन्द्र प्रसाद सिंहले जनाए । कार्यक्रममा विद्यार्थीहरुले झिझिया नृत्यका साथै विभिन्न गायन प्रस्तुत गरेका थिए ।

२०८१ कार्तिक ७ बुधबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित जनता जायसवाल (प्रा.तथा व्या) माध्यमिक विद्यालय गोदारले ६४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
विद्यालयले स्थापनाको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको साथै बाल दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमका बिजेता विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको हो ।
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका शिक्षा अधिकृत छोटी मुखियाले समाज विकासको लागि केही गर्ने अठोटका साथ अध्ययनमा लाग्न विद्यार्थीहरुमा आग्रह गरे । गलत संगतले विद्यार्थीहरुको अध्ययन बिग्रिने गरेको प्रति सचेत गराउादै शिक्षा अधिकृत मुखियाले विद्यार्थीहरुको अभिष्यप्रति अभिभावकहरु समेत सचेत हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव जायसवालले गुणस्तरीय शिक्षा प्रति विद्यालय दृढ गरेको उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक पृथ्वीराज यादवको अध्यक्षता तथा शिक्षा अधिकृत छोटी मुखियाको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव समारोहमा अभिभावक, विद्यार्थीहरु लगायतको उपस्थिति थियो ।
कार्यक्रमको संचालन शिक्षिका दुर्गा गौतमले गरेकी थिइन भने शिक्षिका रजनी कर्णले स्वागत मनतव्य राखेकी थिइन । वि.सं.२०१७ साल कात्तिक ७ गते स्थापना भएको विद्यालयमा वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजन हुादै आएको विद्यालयका शिक्षक जितेन्द्र प्रसाद सिंहले जनाए । कार्यक्रममा विद्यार्थीहरुले झिझिया नृत्यका साथै विभिन्न गायन प्रस्तुत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…