न्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २, भेडिहारीमा रहेको कालिकामाई युवा समाजको पहिलो वार्षिक उत्सवको अवसरमा बिरगञ्जको श्रीसिया स्थित मानव सेवा आश्रममा खाजा खुवाएका छन् ।
शुक्रबार कालिकामाई युवा समाजका युवाहरूले आश्रममा आश्रित ७० जनालाई स्याउ, केरा, मिठाई , नमकिन् लगायतका खानेकुराहरू वितरण गर्दै मानव सेवा गरेर कालिकामाई युवा समाजले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको जानकारी कार्यक्रमका दाता समेत रहेका कालिकामाई युवा समाजको कोषाध्यक्ष तथा अग्रसर युवा समाजसेवी बुलेट तिवारीले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गराइ समाज कल्याण परिषदमा समेत आवद्ध भएका कालिकामाई युवा समाजले विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । युवा शक्तिलाई एकिकृत गरी समाजमा रहेका विकृति विरुद्ध चेतना फैलाउँदै स्वक्ष र समृद्ध समाज निर्माणको लागि आफूहरु सधैं प्रयासरत रहेको युवा समाजको अध्यक्ष आकाश चौरसियाले बताए ।
आगामी दिनमा पनि मानव सेवा आश्रम जस्ता क्षेत्रहरूमा हाम्रो निरन्तरता रहिरहने र आवश्यक परेकालाई सहयोग गर्नका निम्ति कालिकामाई युवा समाज सधैं काँधमा काँध मिलाई अघि बढ्ने युवा समाजको कोषाध्यक्ष बुलेट तिवारीले भने–“मानव सेवा नै सबैभन्दा उत्तम सेवा हो भन्ने भनाइलाई आत्मसाथ गर्दै आगामी दिनमा सडक मानवको पनि उद्धार सडक मानवमुक्त योजनामा पनि लागेका छौँ ।”
संस्थाका महा सचिव विशाल कुशवाहाले पानसमा बत्ती बाली कार्यक्रम सँचालन गरेका थिए भने मानव सेवा आश्रमको तर्फबाट चन्दन र फुलका साथ युवाहरूलाई स्वागत गर्दै सम्मान पत्र द्वारा युवा समाजलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्पूर्ण कालिकामाई युवा समाज संस्थाकाका युवाहरूले खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका साहाराको आवश्यक भएका मानवहरुलाई तत्काल उद्धार, उपचार, पालनपोषण तथा उचित वातावरणको उपलब्ध गराउने सेवामा हामी निरन्तर लागिरहने प्रतिज्ञा पनि लिएका थिए।
खाजा वितरण कार्यक्रममा युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, कोषाध्यक्ष बुलेट तिवारी, महा सचिव विशाल कुशवाहा, सुदिप चौरसिया, रमेश चौरसिया, मोहन महतो, धर्मेन्द्र चौरसिया, अनिश पटेल लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…