बिपी राजमार्गको बर्दिवास-सिन्धुली-बर्खे खोला सडक रातीमा बन्द रहने

२०८१ असोज ३० बुधबार
रति ८:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बर्दिवास ।  बिपी राजमार्ग अन्तरगत बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने भएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ मातहतको सडक डिभिजन खाल्टेले बुधबार एक सूचना जारी गर्दै  ट्र्याकको मर्मत तथा स्तरोन्नति कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकाले हाललाई बेलुका ६ बजे देखि बिहानको ५ बजेसम्म सो सडक खण्ड बन्द रहने जनाएको हो ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण राजमार्गको नेपालथोक–बर्खे खोला सडक खण्ड ९सिन्धुली०को करिब ४ किलोमिटर भन्दा बढी लम्बाईको सडक पूर्ण रूपले बगाएको थियो ।

त्यसपछि ट्रयाक निर्माण गरी साना यात्रु वाहक सवारीको लागि मात्र आवागमन खुलाइएको भन्दै सडक डिभिजन खाल्टेले सिन्धुली र काभ्रे जिल्ला अन्तर्गत क्षतबिक्षत रहेको सडक खण्डहरुमा ट्र्याकको थप मर्मत तथा स्तरोन्नति कार्य गरेर यात्रा सुरक्षित बनाउन लागिएको सूचनामा उल्लेख गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८१ असोज ३० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus