सिरहाबाट भारत लैजाँदै गरेको दारु पक्राउ
सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए । यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले

२०८१ असोज २९ मंगलबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए ।
यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…