जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

२०८१ असोज १६ बुधबार
बिहान ०७:५७ बजे
न्यूज ब्यूरो, डेस्क

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ । 

हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने रमझम र पूजाआजाको क्रममा भक्तिको नाममा “फैशन शो” को आधुनिकता बढदै गएपछि पौराणिक मान्यतालाई कुल्चिदै गएको अवस्था सर्वविदितै छ । 

नेपालको विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतको विभिन्न जिल्ला, राज्यहरुबाट भाकल लिएर जनकपुरधाम आउने प्रसिद्ध शक्तिपीठमा दशैँभरि दर्शनार्थीको लागि एक वस्त्र कोड निर्धारण गर्नुपर्ने आवश्यकता छ । राजदेवी पूजनको जिम्मेवारी उठाएको महावीर युवा कमिटिले दर्शन पूजाको लागि जाने भक्तजन (महिला, पुरुष, अन्य) लाई वस्त्र धारणको सिमितता लागू गर्नुपर्ने माग उठेको छ । 

दर्शन पूजाको नाममा प्रत्येक बर्ष राजदेवी मन्दिरको प्राँगन डेटिँग स्पोटको रुपमा परिणत हुँदै आएको अवस्था छ । महावीर युवा कमिटिले चारैतर्फ सिसिटीभी क्यामेरा र दर्जनौ स्वयँसेवक परिचालन गरिएको दाबी गरेपनि प्रतिफल भने दिन सकेको छैनन् । वर्तमान जेनेरेशनका युवायुवति, किशोर किशोरीहरुले दर्शनपूजाको नाममा रिल्स भिडियो, टिकटोक भिडियो बनाउने स्पोटको रुपमा प्रयोग गर्दै आएको छ ।

झन आधुनिकताको नाम अर्धनँग्नता प्रदर्शन, आधी कपडाको वस्त्रले निष्ठापूर्वक दर्शनपूजाको लागि जाने गरेका दर्शनार्थी श्रद्धालुलाई कठिनाईको सामना गर्नुपरेको अवस्था सृजना भएको छ । 

हिन्दु सम्राट नामक संगठनले राजदेवी मन्दिरमा गैर–हिन्दु प्रवेश निषेधको लागि प्रचारवाजी गरिरहेको अवस्थामा महावीर युवा कमिटिसँग समन्वय गरी साँस्कृति वस्त्र पहिरण गरी जानेलाई मात्र मन्दिर प्रवेश दिने प्रावधान लागू गरिए शक्तिपीठको सँस्कृति जोगिने अवस्था छ । 

यसका साथै, राजदेवी मन्दिरमा दशैँभरि भित्र मोबाईल, क्यामेरा प्रवेश निषेध गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । मोबाईल लिएर जानेहरु प्रायः दर्शन पूजा नगरी रिल्स भिडियो, टिकटोक भिडियो, सेल्फी, फोटो सेशनमा व्यस्त हुँदा आम श्रद्धालुलाई सास्ती भोग्नुपरेको अवस्था सर्वविदितै छ । यस्तो अवस्थामा हिन्दु सम्राट सेना र महावीर युवा कमिटिले राजदेवी मन्दिरभित्र वस्त्र कोड, मोबाईल प्रवेश निषेध गर्नुपर्दछ । 

  • 3%
  • 0%
  • 97%
  • 0%
  • 0%
  • 0%

अहँकार र घमण्डले मातेपछि यी चारैको करियर चौपट्ट, चारै टिकटोकिया फेरी पुरानै ठाउँमा

  • २०८१ असोज १६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । घमण्ड, अहँकारले विनास निम्त्याएपछि मधेशको चार टिकटोकर्सको करियर डाउनलफल भएको छ ।  अहँकारले मातेकी नृत्याँगना प्रिति पासवान अहिले पुरानै ठाउँमा सिमित भएकी छन् । जहाँबाट सुरु गरेकी

पूरा पढ्नुहोस्

Bureau Menus