
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट विद्यार्थी सँगठन नेविसंघले जनकपुरको कुनै पनि कलेजले तोकिएको भन्दा अधिक शुल्क लिए कानुनी प्रतिकार गर्ने अभियान जारी राखेको छ ।
आईतबारदेखि नेविंघले जनकपुरमा मेरो शिक्षा, मेरो प्रश्न अन्तर्गत थालेको सूचना माग अभियानलाई सोमबार समेत निरन्तरता दिँदै निरन्तर रुपमा जारी राख्ने अडान लिएको छ । सरकारी दस्ताले तोकेको दस्तुरभन्दा अधिक शुल्क लिएर पठनपाठन गराएको विद्यार्थीहरुको गुनासो बढेपछि जनकपुरको नीजि स्कूल कलेजहरुमा नेविसंघले अभियान चलाएको छ ।
सो क्रममा जनकपुरको विभिन्न स्कूल क्याम्पसमा पुगेर के कति शुल्क लिरहेको बारेमा सूचना माग गरेको छ । आईतबार जनकपुरको मिट क्याम्पस, मोडेल मल्टिपल कलेज लगायतका अन्य स्कूल कलेजमा गएर शुल्क सम्बन्धी सूचना माग गरेको नेविसंघका नेता आशुतोष झाले जानकारी दिए ।
नेविसंघको अभियानप्रति जनकपुरको शैक्षिक सँस्थाहरुले प्रतिकार गर्ने चेतावनी दिएपछि राराब कलेजका स्ववियू सभापति मनिष यादवले आफूहरुको अभियान नरोकिने अडान लिएका छन् । उनले मोडेल कलेजमा तीन प्रकारको सूचना माग गरिएकोमा एक सातामा उपलब्ध गराउने प्रतिवद्धता गरेको बताए । यस्तै, मिट कलेजमा तोकिएको शुल्कभन्दा अधिक शुल्क लिएर विद्यार्थीहरु पढाईरहेको पाईएको उनले बताए ।
अभियानलाई जारी राख्दै जनकपुरको शिक्षामा नयाँ क्रान्तीको सुरुवात गरिने नेविसंघका धनुषा सभापति सुजित यादवले बताए । उनका अनुसार, गरिब र दुरदराजबाट आएका विद्यार्थीहरुबाट ढाड सेक्ने गरी शुल्क उठाउँदा मार्कामा परेको गुनासो बढेपछि विद्यार्थी नेताको हैसियतले सो अभियान सुरु गरेको बताए । उनले यसमा सबै कलेजका विद्यार्थीहरुसँग प्रश्न, विद्यालय प्रशासनसँग प्रश्न गर्ने क्रम जारी छ भने उनीहरुलाई शुल्क सम्बन्धी जाानकारी समेत अभियान मार्फत दिरहेको बताए ।
धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा
- २०८१ असोज ७ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।
पूरा पढ्नुहोस्