औरही गाँपामा अधिकृत यादव आएपछि दुई हप्तामै गाउँसभा, ३८ करोड बढी बजेट
यादव आएको दुई साता नबित्दै गाउँसभा गराएको भन्दै गाउँपालिका अध्यक्षसहित अन्य प्रतिनीधिहरुले अधिकृत यादवको प्रशँसा गरे । उनले सबैलाई सहमतिलाई ल्याएर गाउँसभा गराएको भन्दै उनको प्रशँसा गरे । उपाध्यक्ष साहले आर्थिक बर्ष २०

२०८१ असोज ३ बिहीबार, बिहान ११:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको चालु आर्थिक बर्षको लागि ३८ करोड बढी बजेट अनुमान गरिएको छ ।
असारमै ल्याउनुपर्ने आर्थिक बर्षको बजेट जनप्रतिनीधिहरुबीचको आन्तरिक किचलोको कारण हुन सकेको थिएनन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अशोक कुमार यादव आएपछि उनले गाउँसभा गराउन सफल भएका हुन् ।
गाउँसभाको लागि गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह र उपाध्यक्ष पुनम कुमारी साहबाहेक अन्य कार्यपालिका सदस्यहरु विपक्षमा रहँदा सबैलाई सहमतिमा ल्याएर अधिकृत यादवले गाउँसभा गराएको हो ।
यादव आएको दुई साता नबित्दै गाउँसभा गराएको भन्दै गाउँपालिका अध्यक्षसहित अन्य प्रतिनीधिहरुले अधिकृत यादवको प्रशँसा गरे । उनले सबैलाई सहमतिलाई ल्याएर गाउँसभा गराएको भन्दै उनको प्रशँसा गरे ।
उपाध्यक्ष साहले आर्थिक बर्ष २०८१ ०८२ को लागि कुल ३८ करोड ९७ लाख ८४ हजार ४ सय ६८ रकमलाई संसोधन प्रस्ताव मार्फत प्रस्तुत गरिन् ।
गाउँसभामा सबै वडाका वडाध्यक्ष, गाउँपालिकाभित्रका सबै कर्मचारी, बुद्धिजीवी, समाजसेवी, अगुवाहरुको समेत सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…