संविधान दिवसमा यादवको बर्षैपिच्छे फरक फण्डा, सरकारमा हुँदा दिपावली, नहुँदा कालो दिवस

२०८१ असोज १ मंगलबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपाली संविधान दिवसमा भाग नलिने बताएका छन् । 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसमा भाग नलिने भएको छ ।

यादवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि दबाब दिन सो दिन विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

संविधान सच्याउन यसको  संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायतका परिवर्तनहरू गरी संविधान सबै समुदायका मानिसहरूले स्वामित्व लिन सक्ने हुनुपर्ने यादवको भनाइ छ ।

यादव आफैँ केन्द्र सरकारमा हुँदा र प्रदेशमा सरकार हुँदा उनले संविधान दिवस मनाएका थिए । २०७६ सालमा समेत यादव मन्त्री हुँदा संविधान दिवस मनाएको थियो भने प्रदेश सरकारमा जसपाको मुख्यमन्त्री नेतृत्वको सरकार हुँदा संविधान दिवस मनाएको थियो । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाम नगरपालिका मधेशको पहिलो विद्युत चुहावट मुक्त नगरपालिका घोषणा 

  • २०८१ असोज १ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको धनुषाधाम नगरपालिका मधेश प्रदेशमै विद्युत चुहाबट मुक्त पालिकाको रुपमा रेकर्ड बनाउन सफल भएको छ ।  नगरपालिकाको आयोजन तथा नेपाल विधुत प्राधिकरण धनुषाधाम वितरण केन्द्रको संयोजनमा धनुषाधाम

पूरा पढ्नुहोस्

Bureau Menus