जनकपुरमा Wordlink Internet को रक्तदान कार्यक्रम सम्पन्न, तीन दर्जन रक्तदाताले गरे रक्तदान

२०८१ भदौ ३१ सोमबार
बेलुकी ७:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको चर्चित ईन्टरनेट सेवा प्रदायक कम्पनी  ले आफ्नो २९औ बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरेको छ । 

२९ औँ वार्षकोत्सवको अवसरमा जनकपुरको जनकचोकमा रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान सम्पन्न गरेको हो । ब्लड बैँकमा रक्तको कमी परिपूर्तिमा टेवा पुरयाउने उदेश्यसहित रक्तदान गरिएको जनकपुर शाखाले जनाएको छ । 

रक्तदानको लागि करिब तीन दर्जन व्यक्तिले रक्तदान गरेको वर्ल्डलिंकले जनाएको छ। 

यस प्रकारका कार्यक्रमले जनकपुरको साथै खास गरि मधेश प्रदेशमा रक्तदानको संस्कृतिलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ र रक्तदाताहरूलाई सम्मान गर्दै समाजमा रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन योगदान पुर्याउने जनाएको छ। आयोजित रक्तदान कार्यक्रमले बजारमा भएको रक्त अभावलाई थोरै भए पनि पूर्ति गर्ने वर्ल्डलिंकले जनाएको छ। 

यस रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोग थियो।

 
  • 96%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०८१ भदौ ३१ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus