जनकपुर उद्योग वाणिज्य सँघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारीको अग्रता

२०८१ भदौ ३० आइतबार
बिहान ०८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शनिबार सम्पन्न जनकपुरधाम उद्योग वाणिज्य सँघको निर्वाचनपछि सुरु भएको मतगणनामा सुरेन्द्र भण्डारीको अग्रता कायमै रहेको छ । 

आईतबार बिहान ८ः३० बजेसम्मको मतगणना अनुसार अध्यक्ष पदको लागि १००० मत गन्ती हुँदा सुरेन्द्र भण्डारीले ४७७ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी मनिष रमण साहले ४३९ मत प्राप्त गरेर प्रतिष्पर्धामा छन् भने अर्का अध्यक्ष पदका उम्मेदवार जीतेन्द्र प्रसाद साह अहिलेसम्म ६७ मत प्राप्त गरेका छन् । 

१००० मत गन्ती हुँदासम्म कुल १७ वटा मत बदर कायम गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना जारी रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus