नमुना मावि गिद्धाबेलापट्टिमा भव्य रुपमा मनाइयो बालदिवस

२०८१ भदौ २९ शनिबार
बेलुकी ६:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकास्थित रहेको धनुषाको नमुना माध्यमिक विद्यालय गिद्धा बेलापट्टिमा भव्य रुपमा बाल दिवस मनाईएको छ । नमुना मावि गिद्धा बेलापट्टिले ६० औं राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाएको हो । 

शुक्रबार विद्यालयको आयोजनामा बालदिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरियो । सो क्रममा प्रावि, निमावि तथा मावि गरी तीनै तहलाई तीनवटा मँचमा नृत्य, गायन, वक्त्तृतवकला तथा कविता वाचन प्रतियोगिता गरिएको थियो । 

प्रत्येक बर्ष भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । प्रत्येक बर्ष महत्त्वपूर्ण नारा तथा बालबालिकाहरुलाई सहभागीता गराउदै आइरहेको छ । यस बर्षको कार्यक्रमको नारा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” रहेको छ । 

बालदिवसको अवसरमा सहभागीता जनाएका नगर उपप्रमुख आशादेवी झा , सशस्त्र बल प्रहरी महिनाथपुर तथा प्रहरी चौकी गिद्धाबाट सुरक्षाकर्मी साथसाथै अतिथिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

बालक्लबका अध्यक्ष सँतोष दासको अध्यक्षता तथा उपमेयर आशादेवी झाको प्रमुख आतिथ्यमा आयोजना गरिएको बालदिवसको अवसरमा राष्ट्रिय किशोर संजाल नेपालको केन्द्रिय सदस्य राजन दास, विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलको विशेष उपस्थिति रहेको थियो । 

प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई भाद्र ३० गते आईतबार बिहान १०ः२० बजे आसमान नेपाल तथा बिधालयको सहयोगमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मण्डल पक्राउ, २ करोड ठगेको आरोप

  • २०८१ भदौ २९ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकोरियास्थित रहेको विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सँजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।  आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना

पूरा पढ्नुहोस्

Bureau Menus