जनकपुरधाम उद्योग वाणिज्य सँघको मतदान हुँदै, मनिष र जीतेन्द्रबीच जुहारी, भण्डारीसँग मोटा व्यापारी
यता, जनकपुरका दिग्गज व्यवसायी, व्यापारीहरुको आन्तरिक समर्थन र साईलेन्ट मतदाताहरुको रोजाईमा परेका जीतेन्द्र प्रसाद साहले सुरेन्द्र र मनिषबीचको जुहारीको लुफ्त उठाउने दाउमा रहेका छन् ।

२०८१ भदौ २९ शनिबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सँघको चुनावको लागि मतदान केही बेरमा सुरु हुने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सँघको प्राँगनमा बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि उम्मेदवारहरुको सर्वसहमति नहुँदा अझै मतदान सुरु भएको छैनन् । मतदानको पूर्व सँध्यामा अध्यक्ष पदका तीनै उम्मेदवार शक्ति प्रदर्शन गरे ।
अहिले मतदान स्थलमा देखिएको अवस्था अनुसार अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीको पक्षमा मोटा व्यापारीहरु देखिएका छन् । मतदान स्थलमा समेत मतदाता रिझाउन हार गुहार गरिरहेका उम्मेदवारहरुमध्ये भण्डारीले मोटो सँख्यामा व्यापारी राखेको देखिएका छन् ।
यस्तै, मनिष रमण साह र जीतेन्द्र प्रसाद साहको पक्षमा समेत व्यापारीहरु उभिएको देखिन्छन् । उनीहरुको पक्षका मतदाताहरु, समर्थकहरुले उत्साहको साथ मतदानमा सहभागी भईरहेका छन् । तीनै उम्मेदवार एक आपसमा बलिया उम्मेदवार हुन् । जातीय समिकरणभन्दा माथि उठे सुरेन्द्र भण्डारीले बाजी मार्ने सम्भावना अधिक रहेको छ ।
मनिष रमण साह र जीतेन्द्र प्रसाद साहबीचको आन्तरिक द्धन्द्धको फाईदा समेत सुरेन्द्र भण्डारीले उठाउने दाउमा छन् । भण्डारीलाई दुवै तर्फबाट मत फाईदा देखिएको छ । जातीय समिकरण नै बलियो भएपछि मनिष रमण र जीतेन्द्र प्रसाद साहबीच कडा प्रतिष्पर्धा हुने सम्भावना छ । जातीय समिकरण हावी भए दलगत हिसाबले मनिष रमणलाई काँग्रेसको समर्थनले उनलाई अध्यक्ष पदको उपहार पाउने सम्भावना अधिक हुनेछ ।
यता, जनकपुरका दिग्गज व्यवसायी, व्यापारीहरुको आन्तरिक समर्थन र साईलेन्ट मतदाताहरुको रोजाईमा परेका जीतेन्द्र प्रसाद साहले सुरेन्द्र र मनिषबीचको जुहारीको लुफ्त उठाउने दाउमा रहेका छन् ।
साँझ ५ बजेसम्म चल्ने मतदान प्रक्रियाको लागि ४ हजार बढी मतदाताहरु मत खसाउने भएको छ । मतदानपछि आजै रातीदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…