एकिकृत सरकारी कर्मचारी सँगठनका महासचिव रोहिताले त्यागे जिम्मेवारी, नयाँ संगठन निर्माण
नेपालको सबिधानद्धारा पदतहक अधीकार एवम संघ प्रदेश र स्थानिय तहका ऐन। निवाबली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक हित र अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै कानुनद्धारा प्राप्त ट्रेड युनियन अधिकार लाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्ने गरी राष्ट्रय स्तरको पेशागत ट्रेड युनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल २०८१ भाद्र १६ गते का दिन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशिल हुदा आम न्याय प्रेमी राष्ट्रसेवक कर्मचारीहरुको आशा तथा भरोषाको केन्द्रीय बिन्दु सोतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालमा आवध भई क्रियाशिल हुन् घोषण गरेका छन् ।

२०८१ भदौ २७ बिहीबार, बेलुकी ७:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमितिको महासचिव सुरेश कुमार रोहिताले पद परित्याग गरेका छन् ।
गत बर्षको जेष्ठ ६ गते एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनवाट प्रदेश कार्यसमितिको महासचिवमा निर्वाचित भएपछि रोहिताले जिम्मेवारी सम्हाल्दै आएकोमा सँगठनको विद्यान विपरित पदाधिकारी चयन गरेपछि उनले पद त्याग गरेका हुन् ।
महासचिवको रुपमा निर्वाचीत भई मधेश प्रदेशका सदस्य एवम आम कर्मचारीहरुको हितमा कार्य गर्दै आईरहेकोमा पछिलो समयमा मधेश प्रदेशका कार्य समिति द्धारा गरिएका हरेक कार्यक्रमहरु सगठनका केन्द्रीय अध्यक्ष र महासचिबले रोक्न र दबाब दिने अवैधानीक कार्यक्रम भन्दै आमसदस्यहरुमा भ्रम पैदागरी कार्यक्रम रोक्न षडयन्त्र गर्ने , प्रदेश कार्य समिति लाई कुनै किसिमको जानकारी नदिई, प्रदेशको बाईनरमा केन्द्रीय अध्यक्ष र महासचिबहरु मधेशमा स्वयम उपस्थिती भई गुठगत भेला गर्ने लगायतमा गतिबिधीले मधेश प्रदेश कार्यसमिति र सदस्यहरुलाई क्षयीकरण तर्फ धकेल्ने प्रयत्न गरेको महासचिब रोहिताले जारी गरेको प्रेस विज्ञिप्तमा उल्लेख छ ।
एकीकृत सरकारी कर्मचारी संगठन,नेपाल मधेश प्रदेश सगठनका अधिकास केन्द्रीय पदाधिकारी–सदस्यहरु निष्क्रीय रहेकाले दिन प्रतिदिन समग्रह संगठन क्षयीकरण भैरहेको लगायतका बिषयमा छलफलगर्ने यहि मिति २०८१–५–२५ गते आयोजना गरिएको मधेश प्रदेशका कार्यसमितिको बिस्तारीत भर्चुयल बैठकले हालको नेतृत्तवाट सगठन अगाडि बढन नसकिने निष्कर्षमा पुगी एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशकका कार्यसमितिलाई सोतन्त्र राष्ट्रयसेवक कर्मचारी सगठन नेपालमा रुपान्तरण गरि सोहि सगठन मार्फत क्रियाशिल रहने विज्ञप्तिमा उल्लेख छ ।

नेपालको सबिधानद्धारा पदतहक अधीकार एवम संघ प्रदेश र स्थानिय तहका ऐन। निवाबली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक हित र अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै कानुनद्धारा प्राप्त ट्रेड युनियन अधिकार लाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्ने गरी राष्ट्रय स्तरको पेशागत ट्रेड युनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल २०८१ भाद्र १६ गते का दिन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशिल हुदा आम न्याय प्रेमी राष्ट्रसेवक कर्मचारीहरुको आशा तथा भरोषाको केन्द्रीय बिन्दु सोतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालमा आवध भई क्रियाशिल हुन् घोषण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…