मधेश प्रदेशको नयाँ डिआईजीमा आचार्य आउँदै, पोखरेलको सरुवा
मधेश प्रदेशमा कार्यरत डिआइजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ। मधेश प्रदेशमा आचार्यको सरुवा भएको छ। उनी नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए।

२०८१ भदौ २६ बुधबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीमा मधेश प्रदेशको नयाँ डिआईजीमा लालमणि आचार्य आउने भएका छन् ।
गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बाँस्तोलाको सरुवा भएको हो।
मधेश प्रदेशमा कार्यरत डिआइजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ। मधेश प्रदेशमा आचार्यको सरुवा भएको छ। उनी नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए।
प्रहरी शिक्षालय भरतपुरमा प्रहरी प्रधान कार्यालयमा कार्यरत बाँस्तोलालाई खटाइएको छ।
लालमणि आचार्य यसअघि जिल्ला प्रहरी कार्यालय धनुषामा एसपीको रुपमा कार्यरत रहिसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…