जनकपुरको व्यापार समृद्धिको ग्यारेन्टी गर्छु, यहाँका व्यापारीले मलाई मत दिनुहुन्छः उम्मेदवार मनिष रमण
जनकपुरधामको व्यापारलाई समृद्धि तर्फ लैजानको लागि मेरो नेतृत्वको टीमले मासिक रुपमा व्यापारीहरुसँग निरन्तर छलफल, सल्लाह, सुझाव सँकलन, एक अठोट नियम लागू गर्ने गरी कार्यविधि तयार पारेको बताए । सूचना अभावमा यहाँका व्यापारीहरु, सरकारको नियम कडाई भएर यहाँका व्यापारीहरु मारमा परेको बताउँदै यस अवस्थालाई टाल्नु अहिलेको आवश्कताप्रति जोड दिए ।

२०८१ भदौ २६ बुधबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भदौ २९ गते हुन गईरहेको जनकपुरधाम उद्योग वाणिज्य सँघको चुनावमा अध्यक्ष पदका उम्मेदवार मनिष रमणले जनकपुरधामका व्यवसायीहरु आफ्नो पक्षमा मत दिने विश्वास जनाएका छन् ।
महासँघको चुनावमा पीक आवरमा हुँदा चुनावी अभियान दौडाहामा रहेका उम्मेदवार मनिष रमण साहले यहाँका व्यवसायीहरुको लागि आफ्नो पछिल्ला कार्यको मूल्याँकनको अपेक्षा गरे । यहाँका व्यवसायीहरुको लागि आफूले गरेको कार्यहरुको मूल्याँकन गरी मतदान गर्ने उनले विश्वास जनाए ।
यहाँका उम्मेदवारहरु विभिन्न प्रलोभन बाँडेर व्यवसायीलाई तान्ने प्रयास गरिरहँदा मनिष रमण साहले यहाँका व्यवसायीहरुलाई चाहिने व्यापार ग्यारेन्टी, व्यापार समृद्धिको ग्यारेन्टी आफूले दिने बताए । घोषणा पत्रमा व्यवसायीहरुको हकहितको लागि आफूले जे जाहेर गरेपनि व्यापार समृद्धिको ग्यारेन्टी उनले लिए ।
उनले भने, –“जनकपुरधामको व्यापार खस्किँदै गएको छ । यो अवस्था जनकपुरको बजारले वा व्यापारीले ल्याएको होईन् । बिचौलिया, दलालहरुले सृजना गरेको अवस्था हो । यहाँका भनाउँदा मुखौटा, सरकारका कर्मचारीहरुले ल्याएको यो अवस्था हो । यहाँको व्यापार नचल्ने अवस्था कहिल्यै थिएनन् । अहिले पनि छैनन्, तर, केही दलाल, पूँजीवादीहरुको गैर व्यापारिक हर्कतले यस्तो अवस्था तुल्याएको छ । म यो सिन्डीकेटलाई ब्रेक गर्ने प्रयास गर्छु । यो सिन्डीकेट ब्रेक भएपछि यहाँको व्यापार पहिले झैँ दनादन चल्ने ग्यारेन्टी छ ।”
जनकपुरधामको व्यापारलाई समृद्धि तर्फ लैजानको लागि मेरो नेतृत्वको टीमले मासिक रुपमा व्यापारीहरुसँग निरन्तर छलफल, सल्लाह, सुझाव सँकलन, एक अठोट नियम लागू गर्ने गरी कार्यविधि तयार पारेको बताए । सूचना अभावमा यहाँका व्यापारीहरु, सरकारको नियम कडाई भएर यहाँका व्यापारीहरु मारमा परेको बताउँदै यस अवस्थालाई टाल्नु अहिलेको आवश्कताप्रति जोड दिए ।
उनले जनकपुरधाम व्यापार सँघमा आवद्ध व्यापारीहरुले आफ्नो प्रतिनीधि चयन गर्न कुनै बेईमानी नगर्ने विश्वास जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…