जनकपुरधाम विरुद्ध उच्च अदालतमा एनप्याबसन
दर्ता नरहेको विद्यालय बन्द हुनुपर्ने अडान राख्दै आएको उपमहानगरपालिकाले ध्यान नदिएपछि बाध्यतावंश अदालतमा जानुपरेको एनप्याबसनका जनकपुरधाम नगरअध्यक्ष दीपक ठाकुरले बताए । एनप्याब्सनले उपमहानगर बिरुद्ध परमादेश मुद्दा दर्ता गराएको ठाकुरले थपे ।

२०८१ भदौ २४ सोमबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नीजी विद्यालयहरुको छाता सँगठन एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध उच्च अदालत गएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले गत वर्ष नगरमा संचालित निजि विद्यालयहरुको अनुगमनको क्रममा जनकपुरधामका ११ भन्दा बढी निजि विद्यालय दर्ता बिनै संचालनमा रहेको पाइएकोमा कारवाही प्रक्रिया अगाडी नबढाएको भन्दै उजुरी गरिएको हो ।
केही निजि विद्यालयहरुमा कागजात समेत चुस्त देखिएको थिएनन भने दर्ता बिनै संचालनमा रहेका विद्यालयहरु बन्द हुनु पर्ने प्याब्सन, एनप्याब्सन लगायतका संस्थाहरुले माग गर्दै आईरहेकोमा नगरपालिकाले ध्यान नदिएको भन्दै सीधा अदालत गुहारिएको हो ।
उपमहानगरले ती विद्यालयहरुलाई बन्द नगराएपछि एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिका बिरुद्ध उच्च अदालत जनकपुरमा पुगेको हो।
दर्ता नरहेको विद्यालय बन्द हुनुपर्ने अडान राख्दै आएको उपमहानगरपालिकाले ध्यान नदिएपछि बाध्यतावंश अदालतमा जानुपरेको एनप्याबसनका जनकपुरधाम नगरअध्यक्ष दीपक ठाकुरले बताए । एनप्याब्सनले उपमहानगर बिरुद्ध परमादेश मुद्दा दर्ता गराएको ठाकुरले थपे ।
एनप्याब्सनको परमादेश मुद्दामा उच्च अदालत जनकपुरधामले उपमहानगरलाई कारण देखाउनुका साथै अनुगमनका कागजात लिएर उपस्थित हुन भनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…