जनकपुरधामका व्यवसायीहरुले समृद्धिको आधार खोज्ने प्रतिनीधि चुन्नुपर्छः उम्मेदवार ठाकुर
समावेशी प्रतिनीधिको लागि महिला तर्फ उम्मेदवारी दिएकी ठाकुरले जनकपुरधामको व्यवसाय, व्यवसायी, व्यापार र व्यापारीको घटदो आकर्षण र घाटा न्यूनिकरणसहित निर्मूलिकरणको लागि काम गर्ने पदाधिकारीको खाँचो रहेको औल्याँईन् । उनले जनकपुरधाम उद्योग वाणिज्य सँघमा आवद्ध व्यवसायीहरुले सो पदको लागि समक्ष उम्मेदवार छान्ने बताईन् ।

२०८१ भदौ २४ सोमबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य सँघमा महिला उपाध्यक्ष पदकी उम्मेदवार सरिता ठाकुरले व्यवसायीहरुको समृद्धिको आधार खोज्ने प्रतिनीधि छान्नुपर्ने बताएकी छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा महिला तर्फ उपाध्यक्षमा उम्मेदवारी दिएकी उम्मेदवार ठाकुरले जहिले पनि प्रतिवद्धता र आसा मात्र बाँडनेलाई नभई व्यवसायी हितको लागि काम गर्न सक्ने प्रतिनीधि छान्नुपर्ने धारणा राखेकी छन् ।
न्यूज ब्यूरोसँगको चुनाव सम्बन्धी कुराकानीको क्रममा उम्मेदवार ठाकुरले आफू यहाँका व्यवसायी, व्यापारीहरुको लागि आर्थिक समृद्धिको आधार खोजेर सोही अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गर्दै व्यवसायीहरुसँग आफूलाई मतदान गर्न आग्रह गरिन् ।
.jpg)
समावेशी प्रतिनीधिको लागि महिला तर्फ उम्मेदवारी दिएकी ठाकुरले जनकपुरधामको व्यवसाय, व्यवसायी, व्यापार र व्यापारीको घटदो आकर्षण र घाटा न्यूनिकरणसहित निर्मूलिकरणको लागि काम गर्ने पदाधिकारीको खाँचो रहेको औल्याँईन् । उनले जनकपुरधाम उद्योग वाणिज्य सँघमा आवद्ध व्यवसायीहरुले सो पदको लागि समक्ष उम्मेदवार छान्ने बताईन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…