जनकपुरधामका व्यवसायीहरुले समृद्धिको आधार खोज्ने प्रतिनीधि चुन्नुपर्छः उम्मेदवार ठाकुर

२०८१ भदौ २४ सोमबार
बिहान ११:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य सँघमा महिला उपाध्यक्ष पदकी उम्मेदवार सरिता ठाकुरले व्यवसायीहरुको समृद्धिको आधार खोज्ने प्रतिनीधि छान्नुपर्ने बताएकी छन् । 

जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा महिला तर्फ उपाध्यक्षमा उम्मेदवारी दिएकी उम्मेदवार ठाकुरले जहिले पनि प्रतिवद्धता र आसा मात्र बाँडनेलाई नभई व्यवसायी हितको लागि काम गर्न सक्ने प्रतिनीधि छान्नुपर्ने धारणा राखेकी छन् । 

न्यूज ब्यूरोसँगको चुनाव सम्बन्धी कुराकानीको क्रममा उम्मेदवार ठाकुरले आफू यहाँका व्यवसायी, व्यापारीहरुको लागि आर्थिक समृद्धिको आधार खोजेर सोही अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गर्दै व्यवसायीहरुसँग आफूलाई मतदान गर्न आग्रह गरिन् । 

समावेशी प्रतिनीधिको लागि महिला तर्फ उम्मेदवारी दिएकी ठाकुरले जनकपुरधामको व्यवसाय, व्यवसायी, व्यापार र व्यापारीको घटदो आकर्षण र घाटा न्यूनिकरणसहित निर्मूलिकरणको लागि काम गर्ने पदाधिकारीको खाँचो रहेको औल्याँईन् । उनले जनकपुरधाम उद्योग वाणिज्य सँघमा आवद्ध व्यवसायीहरुले सो पदको लागि समक्ष उम्मेदवार छान्ने बताईन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः मालपोतका कर्मचारी र वडाध्यक्षको मिलोमत्तोमा करोडौँको जग्गा अर्कैको नाममा रजिष्ट्रेशन

  • २०८१ भदौ २४ सोमबार

न्यूज ब्यूरो,११ चैत्त । धनुषामा मालपोत कार्यालयका केही कर्मचारी र वडाध्यक्षको मिलोमत्तोमा करोडौँको जग्गा अर्कैको नाममा रजिष्ट्रेशन गरिदिएको खुलेको छ ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ४ स्थित रहेको १ बिघा

पूरा पढ्नुहोस्

Bureau Menus