‘व्यापारीको चुनाव व्यापारीले हाँक्न नपाउने ?’: अध्यक्षका उम्मेदवार साह

२०८१ भदौ २२ शनिबार
दिउसो ४:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जउबासंघको निर्वाचन भदौ २९ गते शनिवार निधार्रित छ अध्यक्ष पदमा तिनजना उम्मेदवारहरु छन् । 

यसपालि त्रिकोणात्मक प्रतिस्पर्धा निश्चित छ । यसअघि अध्यक्षमा निकटतम जितेन्द्र प्रसाद साह, वर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र उपाध्यक्ष सुरेन्द्र भण्डारी तिनैजना लोकप्रिय र आ आफनो क्षेत्रमा पडक भएका व्यक्तिहरु हुन । 

तर जितेन्द्रका बारे विभिन्न हल्ला फैलाएर उनलाई पाखा लगाउने काम भइरहेको स्वयम उसैले पनि पत्रकार सम्मेलननै गरेर बताइसकेको छ । उनले व्यापारीको चुनाव व्यापारीले हाँक्नु पर्ने र निर्णय लिनुपर्ने बताउदै अनेकन दबाब प्रभावको प्रयास भइरहेपनि आफुहरु नझुक्ने बताइरहेका छन् । 

जितेन्द्र जउबासंघको सदस्य, कोषाध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षमा निर्वाचन भएर काम गरिसकेको सक्षम वरिष्ठ उम्मेदवार भएपनि उनैमाथी विभिन्न प्रभाव र दबाब दिइनु आपतीजनक रहेको उनको समुहका एकजना व्यापारीले बताए । उनले भने, ‘कस्तो आश्चर्यजनक छ, वरिष्ठता, अनुभव, लगानी र सक्रियता कुनै पनि हिसावले जितेन्द्र अगाडि हुँदा पनि दबाबको काम भइरहेको छ ।’ 

उनले कुनै पनि हालतमा जितेन्द्र चुनाव जितेर अनावश्यक प्रभाव निष्तेज हुने बताए । ‘जितेन्द्रको व्यक्तित्व झुक्ने होइन, उनी अडिग र अटल छन, भित्र भित्रै जित उसैको देख्दै छु’ रामचौकको पसलमा बसिरहेका एक वृद्व व्यापारीको दावी थियो । जितेन्द्रले आफु पार्टीको पनि जेनुन र पुरानो कार्यक्रता रहेको कुरा जनकपुरधामवासीमा अवगत रहेको बताउदै भन्न नसकेपनि भित्रभित्रै पार्टीको सम्पुर्ण सहयोग आफुलाई नै रहेको बताए ।

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८१ भदौ २२ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus