प्रदेश नं. २ ट्राफिक अपडेट : ३१ सवारी दुर्घटना हुँदा, ३६३ को मृत्यू
रंजन भण्डारी महोत्तरी,४ असार । प्रदेश २ सडक सुरक्षाको दृष्टीकोणले ज्यादै संवेदनशिल रहेको छ । चालु आर्थिक वर्षको जेष्ठ अन्तिमसम्म प्रदेशमा एकहजार ३१ सवारी दुर्घटना भएकोमा उक्त दुर्घटनामा परी ३६३ जनाको मृत्यु भएको छ भने ७६३ जना गम्भिर घाईते भएका छन । प्रदेशको सडक सुरक्षालाई मध्यनजर गर्दै सडक सुरक्षा र

२०७५ असार ४ सोमबार, बिहान ९:५४ बजे४ मिनेट पढाइ

रंजन भण्डारी
महोत्तरी,४ असार । प्रदेश २ सडक सुरक्षाको दृष्टीकोणले ज्यादै संवेदनशिल रहेको छ । चालु आर्थिक वर्षको जेष्ठ अन्तिमसम्म प्रदेशमा एकहजार ३१ सवारी दुर्घटना भएकोमा उक्त दुर्घटनामा परी ३६३ जनाको मृत्यु भएको छ भने ७६३ जना गम्भिर घाईते भएका छन ।
प्रदेशको सडक सुरक्षालाई मध्यनजर गर्दै सडक सुरक्षा र व्यवस्थापन सम्बन्धि महोत्तरीमा राखिएको अन्तरकृया कार्यक्रममा मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले उक्त तथ्यांक प्रस्तुत गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहा समेतको उपस्थितिमा प्रदेश स्तरिय सडक सुरक्षा र व्यवस्थापन सम्बन्धि अन्तरकृया बर्दिवास स्थित गौतम होटेलमा भएको थियो । प्रदेश २ को आठैजिल्लाका ट्राफिक कार्यालयहरुको प्रमुख तथा मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी किरण वज्राचार्य समेतको उपस्थितिमा सडक सुरक्षा र व्यवस्थापन वारे मन्त्रीसंग गहन छलफल गरिएको थियो ।
वढदै गईरहेको सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सम्बन्धी व्यापक जनचेतना जगाउनु पर्ने साथै हाइवे पेट्रोलको व्यवस्था,जनशक्ति थप लगायतका विभिन्न शिर्षकमा मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी किरण वज्राचार्यले मन्त्री यादव र राज्यमन्त्री कुशवाहा तथा अन्य सहभागिहरुको ध्यानाकर्षण गराएका थिए ।
उनले ओभर स्पिड र ड्रगस एडिक्टले समेत सडक दुर्घटना वृद्धी गरेकोले यसलाई नियन्त्रण गर्न सवै मिलेर कार्यगर्नु पर्ने अन्तरकृया कार्यक्रममा बताए । उहाले जनचेतना मुलक कार्यक्रमहरुलाई जोड दिई सडक दुर्घटना न्युनिकरण गर्न सहज हुने थपे । हाईवे पेट्रोलमा चिकित्सकिय सेवा लगायतका अति आवश्यक सेवाहरु हुने गरेकोले यस्ले प्राथमिक उपचार देखि दुर्घटना भएको वेला अतिआवश्यक मद्दत गर्न सक्ने वताए ।
यस्तो छ प्रदेश २ को सवारी कार्यवाही,राजश्व र दुर्घटनाको तथ्यांक :

यस्तो छ प्रदेशको ट्राफिक सुरक्षाको जिम्मेवारी :
आठ जिल्लाहरु सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,वारा र पर्सा रहेको यस प्रदेशमा १ महानगरपालिका,तिन उपमहानगरपालिका,७४ नगरपालिका र ६० गाउपालिकाको ८८९४।४६ वर्ग कि.मि. क्षेत्रफलमा ४९ लाख ९२ हजार ४३४ मानिस वसोवास गर्दै आएका छन । 
यतिको जनसंख्यामा जम्मा २८७ ट्राफिकको दरवन्दी रहेकोमा हाल ३२३ जना कार्यरत छन । तथ्यांकमा देखिएको पक्की कालोपत्रे सडक ७०२ कि.मि.,ग्राभेल ११९४ कि.मि. र कच्ची २४६३ कि.मि रहेकोमा वस्ती तथा सडक क्षेत्र र ट्राफिक प्रहरीको सडकमा उपस्थिति प्रत्येक १३.५ कि.मि.मा एकजना हुन आउछ ।
त्यसतै प्रति ट्राफिक प्रहरी कार्यालय सडक अनुपात ७२.६५ कि.मि. छ । यता सगरमाथा अंचलमा दर्ता भएको ५६ हजार ६८७,जनकपुर अंचलमा दर्ता भएको ५७ हजार ८२३ र नारायणी अंचलमा दर्ता रहेको ६ लाख २५ हजार ८९ सवारी साधन को चेकजाच समेत तिनै ३२३ जना ट्राफिक प्रहरीको कांधमा छ । यस्ले प्रत्येक ट्राफिक प्रहरीको कांधमा २२८९ सवारी साधनको चेकजाचको भार छ । ट्राफिक प्रहरी इकाई स्थापना तथा स्तरवृद्धि निर्देशिका २०७० को मापदण्ड अनुसार प्रत्येक १० कि.मि.मा एक ट्राफिक इकाई हुनु पर्ने,प्रति ट्राफिक सवारी अनुपात ५०० हुनु पेर्ने,प्रति ट्राफिक सडक अनुपात ५ कि.मि. हुनु पर्ने व्यवस्था छ ।
स्रोत साधन अपुग :
छलफलमा ट्राफिकले चेकजाचका क्रममा भोग्नु परेको समस्या तथा स्रोत साधनको अभावलाई केन्द्रित गर्दै ट्राफिकको तर्फवाट विशेष जोड दिएका थिए । प्रदेशमा कार्यरत ट्राफिकहरुसंग चेकजाचकै लागि आवश्यक उपकरणहरु व्रेथ लाइजर,रडार गण,अपुग सवारी साधन, फ्लोरोसेन्ट ज्याकेट, सडक कोणहरु(डिभाइडर)),वेरिकेटर,विशेष प्रकारको मास्क लगायतको सामग्रीहरु तथा थप जनशक्ति अभाव रहेको एसपी वज्राचार्जले तथ्यांक प्रस्तुत गरेका थिए ।
यस्तो छ स्रोत साधनको अवस्था :


यस्ता छन कारकहरु :
प्रदेश २ मा हुने गरेको अधिकांश सवारी दुर्घटनाको कारण चालकको लापरवाही नै वढी हुने गरेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । चालु आ.व.मा मात्र चालकको लापरवाहीले २६८ भन्दा वढी सवारी दुर्घटना भएको छ । यता ओभरटेक गर्दा ३३,तिव्रगतिले १३८,मा.प.से.ले ३५ सवारी दुर्घटना गराएको छ ।
त्यसतै यान्त्रिक गडवडिले ३३,ओभरलोडले १,यात्रुको गल्तीले २,सडकको अवस्थाका कारण १ र चौपायाले ९ दुर्घटना गराएको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
प्रदेशको सडक सुरक्षा र व्यवस्थापनलाई उच्चकोटीको र क्षमतावान वनाउछौ : मन्त्री यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अल्पकालिन र दिर्घकालिन योजना बनाई र प्रदेश २ को ट्राफिक व्यवस्था र सडक सुरक्षालाई नमुना बनाउने बताए । उनले अन्य मुलुकको ट्राफिक व्यवस्थापनसंग प्रतिश्पर्धा गर्ने अठोट समेत लिए ।
यता प्रदेशकै जिल्ला महोत्तरीमा मात्र झण्डै २१ हजार ५५० सवारी कार्यवाही भएकोमा एक करोड ४२ लाख ४९ हजार पाचसय जरिवाना चालु आर्थिक वर्षको जेष्ठ अन्तिमसम्म उसुल गरिएको छ । त्यसतै ८२ दुर्घटना भएकोमा ४२ जनाको मृत्यु,६६ गम्भिर घाईते र ६६ सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासको तथ्यांक छ । यता मा.प.से. गरि सवारी साधन चलाउने ८५ जनालाई कार्यवाही गरि ८५ हजार जरिवाना उसुल गरिएको थियो ।
ट्राफिकले प्रस्तुत गरेको तथ्यांकहरु तथा ड्युटीका क्रममा ट्राफिकलाई हुने समस्याहरु तथा आवश्यक जनशक्ति र उपकरण तथा साधन स्रोतको अभाव वारे वोल्दै राज्यमन्त्री कुशवाहाले सडक सुरक्षाको दृष्टीकोणले प्रदेश ज्यादै संवेदनशिल रहेको प्रतिकृया दिदै प्रदेश २ को लागि थप जनशक्ति,आवश्यक उपकरण र साधन स्रोत वारे प्रदेश सरकारले पहल गर्ने बताए ।
उनले सडकमा ड्युटी गर्दा धुवा,धुलो र दुर्घटनाको चुनौतीका वावजुद समेत तटस्तरुपमा आफ्नो ड्युटीमा तल्लिन ट्राफिक प्रहरीको कार्यलाई सराहना गर्दै ट्राफिकको सुरक्षा समेत प्रदेश सरकारको जिम्मेवारी रहेकोले सरकारले ट्राफिकहरुको सुरक्षालाई समेत आफ्नो योजनामा समेट्ने प्रतिवद्धता जनाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…