जउवा संघको अध्यक्ष पदमा भारी त्रिकोणात्मक प्रतिष्पर्धा
जीतेन्द्र, सुरेन्द्र र मनिण रमणमध्ये तीनै जना उम्मेदवार एकआपसमा अन्तरप्रतिद्धन्द्धी उम्मेदवार हुन् ।

२०८१ भदौ २२ शनिबार, बिहान १०:३१ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य (जउबा) संघको नयाँ नेतृत्वका लागि त्रिकोणात्मक प्रतिष्पर्धा देखिएको छ ।
नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको दौडधुप शुरु भइसकेको छ । विगतका वर्षहरुमा झैं घरदैलो अभियान शुरु भइसकेको छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न अहोरात्र खटिरहेका छन् । व्यापारी तथा जनकपुरधामको उद्योग व्यवसायको हितका लागि आफूले तयार पारेका एजेण्डा व्यापारीहरुलाई बुझाई रहेका छन् ।
आउंदो भदौ २९ गते हुने जउवा संघको निर्वाचनमा अध्यक्ष पदका लागि होटल व्यवसायी सुरेन्द्र भण्डारी, एल्मुनियम व्यवसायी जितेन्द्र प्रसाद साह र सुनचाँदी व्यवसायी मनिषरमण साहले प्रतिष्पर्धामा छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका मध्ये भण्डारी निवर्तमान उपाध्यक्ष हुन् भने जितेन्द्र प्रसाद साह निवर्तमान वरिष्ठ उपाध्यक्ष र मनिषरमण साह वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
यी तीनवटै उम्मेदवार नेतृत्वमा पुग्न मतदाता रिझाउन अहिले पसल पसल र व्यवसाय प्रतिष्ठानमा मत माग पुगिरहेका छन् । तिनै उम्मेदवार एकअर्काभन्दा कम छैनन् । सबैको आ आफ्नै मतदाता छन् । तर यी मध्ये होटल व्यवसायीको रुपमा परिचित एवं विभिन्न संघ संस्थासँग आबद्ध रही उद्योगी व्यवसायीहरुको हकहितमा वर्षौदेखि काम गर्दै आएका सुरेन्द्र भण्डारीको नाम बढी चर्चामा देखिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले विगतमा संघको उपाध्यक्ष बनेर उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर यसपाली अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । गत अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरेर उपाध्यक्ष बनेका थिए ।
भण्डारी उद्योगी व्यवसायीले चाहेको जति बेलापनि खोज्दा उनी सहयोगका लागि हरदम पुग्ने गरेका छन् । उनी जउवा संघको कार्यकारिणी सदस्य, सचिव र कार्यवाह महासचिव हुँदै उपाध्यक्ष पदसम्म पुगेर नेतृत्व सम्हाली सकेका छन् । पछिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा पनि उनको व्यापक चर्चा र कडा प्रतिस्पर्धा भएपनि उनलाई पराजित घोषणा गरिएपछि विवाद उत्पन्न भएको थियो ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…