पानी फेयाक्ट्रीको केमिकल बाहिर फाल्दा पाँच बिघा खेतको धान्न नष्ट
२०८१ भादौ १२ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादव पत्रकारको संयुक्त टोली पीडित कृषक र फ्याक्ट्रीको अनुगमन गर्नुका साथै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मकेश्वर यादवसँग कुरा गर्दा त्यतिबेला नै आफ्नो लेटर पेडमा तीन दिनको म्याद राखी फाइटिङलाई पत्र काटेका थिए। तीन दिनभित्र पीडित कृषकहरूको क्षतिपूर्ति वा छलफलमा नआएपछि हामी आन्दोलन गर्न बाध्य हुन्छौ अध्यक्ष यादवले बताए ।

२०८१ भदौ १८ मंगलबार, राति ८:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पानीको फ्याक्ट्रीमा मिसाइएको केमिकल बाहिर फाल्दा महेन्द्रनगरमा पाँच बिघा खेतमा लगाइएको धान नस्ट भएको छ। लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको लापरबाहीले गर्दा किसानहरुको धान नोक्सान भएको छ।
क्षिरेश्वरनाथ नगरपालिका १ का ४० वर्षीय कृषक राम प्रमोद ठाकुरले दुई कठ्ठामा धान रोपेको थियो। यस्तै सबै किसान मिलाएर ५ बिघाको धान खेतमा लगाइएको थियो। गत साल नभएको कारणले गर्दा धान हुन सकेनर यो साल धान राम्रोसंग पलाएको भएपनी विषालुयुक्त पानीले धानलाई सुकाएर नोक्सान पुर्याएको छ।
किसानहरुको अनुसार कृषि ज्ञान केन्द्र धनुषाले अनुगमन गरेर किसानबाट निवेदन पनि माग गरेका थिए। किसानहरूले ‘निवेदन त दिए तर यहिलेसम्म कुनै सुनुवाइ नभएको किसानहरुको आरोप छ। यादवका अनुसार धानमा लगाइएको खर्च समेत डुबेको क।धान लगाउन तीन लाख रुपैयाँ हाराहारी खर्च भएको थियो । केमिकलको पानीले गर्दा पलाएको धान नोक्सान भएको हो।
पानीमा केमिकल मिसिएका कारण धानमा क्षति भएको तर उक्त केमिकल नजिकै रहेको लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको लापरबाहीले पानीमा मिसिएको पीडित किसानको आरोप छ ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादवले फ्याक्ट्रीका म्यानेजर जिवछ शाह सँग कुराकानी गर्दा, उक्त केमिकल हाम्रो फ्याक्ट्रीको नबगेको दाबी गरे छन।
कृषि ज्ञान केन्द्र धनुषा र अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका अनुसन्धानकर्ताले धान सुकेको क्षेत्रबाट धान बिरुवा नमुना संकलन गरेको थियो । दुई पटक संकलन गरिएको उक्त नमुना परीक्षण गर्दा केमिकलकै मात्रा भेटिएको थियो।‘केमिकलका कारण पुष्टि त भयो ।४० वर्षीय कृषक जिमदरबा यादवले फ्याक्ट्रीका मनेजर शाहसँग पटकपटक भेट्न जाँदा उहाँको गेटमा रहेका गार्ड र म्यानेजर शाहलाई स्वयं जान मारिदिने धाक धम्की समेत दिँदै आएको बताएका छन।
उक्त फ्याट्रिकमा क्षिरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख सुखदेव यादवको पनि सेयर रहेकोले कुनै चासो नलिएको स्थानीय बासिन्दाहरूले गुनासो हो ।
२०८१ भादौ १२ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादव पत्रकारको संयुक्त टोली पीडित कृषक र फ्याक्ट्रीको अनुगमन गर्नुका साथै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मकेश्वर यादवसँग कुरा गर्दा त्यतिबेला नै आफ्नो लेटर पेडमा तीन दिनको म्याद राखी फाइटिङलाई पत्र काटेका थिए। तीन दिनभित्र पीडित कृषकहरूको क्षतिपूर्ति वा छलफलमा नआएपछि हामी आन्दोलन गर्न बाध्य हुन्छौ अध्यक्ष यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…