Close This

धनुषाको औरहीबाट प्रहरी सई सिँहको तस्करी लाईन खुल्ला , सादा पोशाकको प्रहरी परिचालन

२०८१ भदौ १८ मंगलबार
रति ८:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको अवैध तस्करी केही समय यता धनुषाको औरही ईलाका प्रहरी अन्तर्गत पर्ने विभिन्न नाकाबाट निर्वाध रुपमा सुरु भएको छ । 

भारतको सीमासँग जोडिएको धनुषाको ईलाका प्रहरी कार्यालय औरही अन्तर्गतको ईलाका नाकाबाट प्रहरीकै मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार भइरहेको पाइएको छ । 

प्रहरी कार्यलय अगाडिबाट तस्करी सरसामान लिएर गुज्रिरहेको हुन्छ । सई सिंह आएको करिब २ महिना नबित्दै ईलाका प्रहरी कार्यलय औरहीका प्रहरी इन्चार्ज बरिस्ठ सई आदित्य सिंहले मासिक लाखौँको नजराना बुझी दैनिक लाखौँ मूल्य बराबरको अवैध कारोबार गराइरहेका छन् । यतिमात्र हैन सादा पोसाकमा प्रहरी हवल्दार उज्जवल तिवारीलाई परिचालन गरिएको आरोप छ ।

 सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा तस्करी माध्यमबाट औरही भित्र्याई विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने गरेको बताए ।

नेपालको सीमासँगै रहेको भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध भए तापनि प्रहरीकै मिलोमत मार्फतबाट नै बिहारमा ब्रिक्स, उमँग, कस्तुरी ब्राण्डका रक्सी पुरयाउने गरेका छन् । 

खुल्ला रक्सीको जर्किन समेत खुल्ला बिहारी एजेन्टलाई छुट दिएका छन् ।  सोही रक्सी भारत पठाउन सादा पोसाकका प्रहरी जवान घुमुवा उजवल तिवारीले तस्करकै भूमिका निर्वाह गर्दै आएका छन् । औरहीमा घुमुवा बसेका मुकुन्द शर्मा कार्वाहीमा परेपछि उनलाई  गण तानिएको थियो तर, पावर र पहुँचको भरमा फेरि जिल्ला प्रहरी कार्यलय अहिले प्रहरी चौकी कपिलेश्वरमा खटाएको स्रोतले बताएको हो । 

बिहारको खौना नाकाबाट बैदेही औरही हुँदै लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरु र डिजल र पेट्रोलको व्यापक तस्करी गर्ने गरेको छ । यताबाट ब्यापारीहरु रक्सी,  सरसमान भारत लगिरहेको छ र उनलाई प्रहरी जवान रहेका कथित घुमुवाले सहयोग गर्ने गरेका छन् । 

निकायले छानबिन गरेपछि कार्वाही हुन सकिन्छ किनभने यो नम्बर 98029***6 को Call Details निकाली राम्रो संग छानबिन गर्यो भने त्यसबाट पनि उन्ले तस्करबाट गरेको कुराकानी लगायतको सन्जाल बारे प्रष्ट हुन्छ ।एकजना नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए ।

नेपालको आर्थिक एवं व्यापारिक क्षेत्र रहेको जनकपुर भन्सार नाकाबाट करिब ७० प्रतिशत राजस्व उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि आफ्नो पावर र पहुँचको भरमा रहेको भन्दै सई सिंहले तस्करहरूसँग सेटिङ्ग मिलाई लाखौँको अवैध कारोबार गराई रहेका छन् । 

जनकपुर भन्सार क्षेत्र आसपासमा तैनाथ प्रहरी प्रशासनले तस्करीको गतिविधिमा केही हदसम्म कडाई गरेपछि सई सिंहले औरही नाकाबाट किराना सरसामान लत्ता कपडा, कुखुराको चल्ला, प्याज, काजु, लगायतका सामान तस्करी गराइरहेका छन्  । 

धनुषाको ग्रामीण भेगमा पर्ने औरहीका सई आदित्य कुमार सिंहसँग तस्करी भइरहेको बारे प्रतिक्रिया लिन खोजदा सम्पर्कमा आउन चाहेनन् । 

यता, पछिल्लो समय धनुषाको प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले तस्करी रोक्न दर्जनौ प्रहरी अधिकारीलाई कारवाही गर्दै आएका छन् । सीमाबाट हुने तस्करी रोक्नको लागि प्रहरी एसपीको प्रयासलाई धज्जिया उडाउँदै बरिष्ठ सई आदित्य कुमार सिंहले धाक देखाउँदै विभिन्न बहानामा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने र वैध कारोबार गर्ने व्यापारीलाई समेत असर पार्ने गरी तस्करी गराइरहेका छन् ।

  • 32%
  • 60%
  • 7%
  • 0%
  • 0%
  • 1%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०८१ भदौ १८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus