Close This

धनुषा प्रहरीद्धारा पिकअपसहित १६ लाख रुपैयाँको प्याज पक्राउ

२०८१ भदौ १४ शुक्रबार
बिहान ०७:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले पिकअपसहित १६ लाख रुपैयाँ मूल्य बराबरको प्याज पक्राउ गरेको छ । 

विहिबार राती करिब ८ः३० बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नं. १० स्थित भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा पिकअपसहित करिब १६ लाख रुपैयाँ बराबरको प्याज बरामद गरेको हो । 

भन्सार छली र चोरी पैठारी गरी ना ४ क ५९४५ नम्बरको पिकअप गाडिमा प्याज लोड गरी ल्याउदै गरेको छ भन्ने विशेष सूचनाको अधारमा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरी चौकी लालगढ, धनुषाबाट खटि गएको प्रहरी टोलीले उक्त पिकअप गाडिमा लोड रहेको प्याज र पिकअप गाडि समेत पक्राउ गरेको हो । 

पिकअप र प्याजसहित अन्दाजी मूल्य १६ लाख ५० हजार रुपैयाँ बराबरको रहेको मूल्याँकन गरिएको छ ।  पिकअप गाडी र पिकअप चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय जनकपुर, धनुषामा पठाईएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए । 

करिब साढे १६ लाखको मदिरा र पेय पदार्थ बरामद

सोही क्रममा धनुषा प्रहरीले सोही दिन बेलुकी ७ः५० बजेको समयमा गणेशमान चारनाथ  नगरपालिका वडा नम्बर ८ पोर्ताह चोक स्थित यस कार्यालय मातहत प्रहरी चौकी पोर्ताहा, धनुषाबाट खटि गएको प्रहरी चेकिङ्ग टोलिले चेकिङ्ग गर्ने क्रममा स १ च १५९७ नम्बरको म्याजिक पिकअप माथि शंका लागि चेकजाँच गर्दा उक्त पिकअपमा लोड रहेको १६ लाख ४५ हजार मूल्य बराबरको समान बरामद गरेको हो । 

मदिरा, फ्रुटि, जुस, रेडबुल र म्यजिक पिकअप गरी सोह्र लाख पैँतालिस हजार दुई सय पचास रुपैया बरावरको मूल्याँकन गरी आन्तरिक राजस्व कार्यालय पठाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

समय त लाग्ला तर, धैर्य राख्नु 'बुवा'

  • २०८१ भदौ १४ शुक्रबार
  • आकृति महतो

समय त अवश्य लाग्ला बुवा  धैर्य  राख्नु न पार गर्नेछु त्यो हरेक कठिनाइ हजुर को हात खुट्टामा परेको छालाको  मल्हम बननु बाकि नै छ,  त्यो तीतो बोलीको प्रहारलाई मिठास बनाउन बाँकी नै छ समय त अवश्य

पूरा पढ्नुहोस्

Bureau Menus