न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य सँघको चुनावमा कोषाध्यक्ष पदका उम्मेदवार रामचन्द्र पँजीयार (करण)ले युवा नेतृत्वको आवश्कयता रहेको बताएका छन् ।
चुनावमा कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका पँजीयारले जनकपुरधाम उद्योग वाणिज्य सँघमा युवा शक्ति, युवा नेतृत्वको खाँचोलाई परिपूर्ति गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उम्मेदवारहरुसँगको चर्चाको क्रममा न्यूज ब्यूरोसँगको कुराकानीमा पँजीयारले जनकपुरधामको व्यापारलाई प्रविधिसँगै जोडनको लागि युवा नेतृत्वको आवश्यकतालाई पूरा गर्ने ईच्छा रहेको सुनाए ।
उनले यहाँका व्यापारीहरुको समृद्धिको लागि नयाँ शीराबाट सुरुवातको आवश्यकता रहेको बताए । बजार मन्दी चलरहेको अवस्थामा यहाँ बजारलाई बुझ्न सक्ने नेतृत्वको खाँचो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी त्यसलाई परिपूर्तिको लागि रहेको बताए ।
यहाँका युवा व्यापारीहरुले समेत वर्तमान बजारलाई आँकलन गर्न नसक्दा व्यापार घाटा, महँगाई बढेको बताउँदै उम्मेदवार पँजीयारले आफू निर्वाचित भएपछि विभिन्न प्रणालीलाई बजारमा लागू गर्ने बताए ।
उनले जनकपुरधामका व्यापारी, व्यावसायीहरुले युवा नेतृत्व चयनको लागि अग्रसर हुनुपर्ने धारणा राखे । उनले व्यवसायीलाई निरास नबनाउने प्रतिवद्धता जाहेर गरे ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८१ भदौ १३ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्