Close This

कृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द

२०८१ भदौ १० सोमबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । कृष्ण जन्माष्टमीको अवसरमा मधेशको विभिन्न ठाउँमा मगाइएको नृत्याँगना प्रिति पासवान, निरुता साहको कार्यक्रम धमाधम रद्द भएको छ । 

सोही क्रममा सर्लाहीको बरहथवामा सोमबारदेखि आयोजना हुने श्री कृष्ण जन्माष्टमी महोत्सवमा नृत्याँगना प्रीति पासवान र निरुता साहको सट्टा रद्द भएको छ ।

हिन्दु धर्ममाथि विवादित बयान दिएकोले महोत्सवमा उनीहरुलाई नबोलाउन हिन्दु सम्राट सेनाले चेतावनी दिएपछि ऊनीहरुको सट्टा रद्द भएको हो ।

हिन्दु सम्राट सेना सर्लाहीका अध्यक्ष कृष्ण यादवले सो सट्टा रद्द गराएको हो । प्रशासनको सहयोगमा उनीहरुको कार्यक्रम रद्द गराएको हो । 

“बिदेशमा कार्यक्रम गर्न गएको बेला नृत्याँगना प्रीति पासवान र निरुता साहले हिन्दु धर्मप्रति विवादित टिप्पणी गरेका छन्, हिन्दुहरुलाई गालीगलौज गरेका छन् । बरहथवाको महोत्सवमा उनीहरुलाई नल्याउन हामीले आयोजकलाई चेतावनी दिएका छौँ, यदि मानेनन् भने हामी प्रतिकार गर्नेर्छौ।'- यादवले भने । 

 हिन्दु सम्राट सेनाले सर्लाहीसहित विभिन्न जिल्लाका प्रशासनलाई सँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउन नदिने ज्ञापन पत्रसमेत बुझाएको उनले बताए ।

महोत्सवका अध्यक्ष अजय लामाले हिन्दु सम्राट सेनाले दिएको चेतावनीमाथि दुखेसो पोखेका छन् । उनले भने, -'हिन्दु सम्राट सेनाले यस्तो कुरा पहिल्यै भन्नुपर्ने थियो । हामीले लगभग १५ दिनदेखि महोत्सवमा यी कलाकारहरु पनि आउने भनी प्रचार गराइरहेका छौँ । तर, यतिका देनदेखि केही भनेनन्, हिजो आइतबार डाइरेक्ट फोन गरेर भन्छन् उनीहरुलाई नल्यानु भनेर।' 

हिन्दु सम्राट सेनाको चेतावनीपछि उनीहरुलाई महोत्सवमा ल्याउन प्रशासनले आदेश नदिएपछि उनीहरुको सट्टा रद्द गर्नुपरेको उनले बताए । 

उनका अनुसार प्रीति, निरुता र मनि मिराजको सट्टा रद्द भएपनि (भदौ १० गते) आज देखि भदौ २३ गतेसम्म आयोजना हुने महोत्सवमा आउने भनिएका अन्य कलाकारहरु भने आउने छन् ।

  • 83%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८१ भदौ १० सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus