जनकपुरधाम उद्योग वाणिज्य सँघको कोषाध्यक्षको लागि 'परमेश्वर साह' अझै बलिया
जनकपुरधामका उद्योगी व्यापारीहरू साहको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन्। कोषाध्यक्षकै लागि मनोज कुमार शर्मा, राकेश साह र रामचन्द्र पँजीयार (करण) ले समेत उम्मेदवारी दिएका छन् । उनीहरुको पक्षमा समेत व्यापारीहरुले मोर्चा बनाएको देखिएको छ ।

२०८१ भदौ १० सोमबार, बिहान ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सँघको चुनावमा कोषाध्यक्ष पदको लागि परमेश्वर साह अझै बलिया उम्मेदवारको रुपमा खडा भएका छन् ।
एक कार्यकाल कोषाध्यक्षकै पद सम्हाल्दै आएका परमेश्वर साहले पुनः कोषाध्यक्षको लागि उम्मेदवारी दिएका छन् । उनले सँघको जिम्मेवारीलाई निष्ठापूर्वक निभाएको कारण यहाँका व्यापारीहरुले आफूलाई रुचाउने दाबी गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका सदस्य हुँदै एक कार्यकाल कोषाध्यक्षको अनुभव सङ्गालेका उनी फेरि कोषाध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् । जनकपुरधामको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुर्नजीवन दिने उनले बताए ।
जनकपुरधामको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, नीतिको आवश्यकता परेको साहको बुझाई छ । परम्परागत व्यापार व्यवसायमा आधुनिकता भरेर जनकपुरधामलाई ब्यापारिक पर्यटकीय शहरको रुपमा विकास गर्ने उनको योजना छ । कोषाध्यक्षका उम्मेदवार साहले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निभाउने बताएका छन्।
जनकपुरधामका उद्योगी व्यापारीहरू साहको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन्।
कोषाध्यक्षकै लागि मनोज कुमार शर्मा, राकेश साह र रामचन्द्र पँजीयार (करण) ले समेत उम्मेदवारी दिएका छन् । उनीहरुको पक्षमा समेत व्यापारीहरुले मोर्चा बनाएको देखिएको छ ।
आगामी भदौ २९ गते जनकपुरधाम उद्योग वाणिज्य सँघको चुनाव हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…